अर्घाखाँचीका कैदीबन्दीको निःशुल्क क्षयरोग परीक्षण
अर्घाखाँची : जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा रहेका कैदीबन्दीहरूको निःशुल्क क्षयरोग परीक्षण गरिएको छ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा कारागारमा रहेका ७४ जना कैदीबन्दीको क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको हो।
कारागारमा रहेका कैदीबन्दीहरूमा क्षयरोग भए/नभएको बारे परीक्षण कार्यक्रमको आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस !