भोजपुर रंगशाला अन्तिम चरणमा

भोजपुर रंगशाला अन्तिम चरणमा

भोजपुर : अन्तर्राष्ट्रिय स्तरको निर्माणाधीन भोजपुर रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। भोजपुर नगरपालिका–७ कोदारस्थित निर्माणाधीन रंगशालाको काम अन्तिम चरण पुगेसँगै यहाँका खेलप्रेमीमा उत्साह थपेको छ। वर्षौंदेखि खेल मैदानको अभाव झेलिरहेका खेलाडीले अन्तर्राष्ट्रियस्तरको रंगशालामा प्रशिक्षण गर्न पाउने भएका छन्। निर्माणाधीन रंगशालामा प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालयलगायतका भौतिक पूर्वाधारको काम सम्पन्न हुन लागेको छ। प्रदेश १ सरकारको १४ करोड पाँच लाख २६ रुपैयाँको प्राविधिक इस्टिमेटमा बनिरहेको रंगशालाको कामले पछिल्लो समय तीव्रता पाएको छ।

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी रायमाझी मार्सेली जेभीका अनुसार २०७६ कात्तिक ७ बाट सुरु भएको काम २०८० जेठ १८ मा सक्नुपर्ने समयावधि छ। समयमै रकम निकाशा हुनसके समय अवधिभन्दा झन्डै डेढ वर्ष अघि नै काम सम्पन्न हुने ठेकेदार कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए। 

प्रदेश सरकारबाट ०७५-७६ को बजेटबाट रंगशालाको पुनर्निर्माण थालनीले नयाँ आशा जागेको थियो। २०६४ मा जिल्ला विकास समिति बोर्डले ५५ लाख रुपैयाँमा जिल्ला खेलकुद विकास समितिमार्फत रंगशालाको जग्गा खरिद गरे पनि बजेट अभावमा काम अघि बढ्न सकेको थिएन। रकम जुटाउन वर्षेनी रंगशालाको स्तरोन्नती शीर्षक बनाउँदै २÷तीन लाखको साना बजेटमा स्तरोन्नती गर्ने काम भएको थियो। 

कछुवा गतिमा रंगशालाको स्तरोन्नती काममा भइरहँदा २०७० मा पूर्वमुख्यमन्त्री शेरधन राईले सांसद विकास कोषको १० लाख बजेट छुट्याएका थिए। यस्तै ०७३÷७४ मा भोजपुर नगरपालिकाले रंगशालाका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो। त्यो बजेटले रंगशाला सम्याउने काम भएको थियो। वषौंदेखि बजेट अभाव झेल्दै आएको रंगशालामा १२ वर्षमा ४० लाख बराबरको लागतमा स्तरोन्नतीको काम भएको थियो। 

यो रंगशाला प्रदेश १ कै उत्कृष्ट रंगशालाको बन्ने भएपछि जिल्लावासी उत्साहित भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए। 

प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत नमुना रंगशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको फुटबल प्रशिक्षक विनम श्रेष्ठले बताए। ‘वषौंपछि रंगशालाको नयाँ रुप लिने सपना पूरा हुने भएको छ। स्तरोन्नतीका लागि पर्याप्त बजेट र उपकरण पनि पर्याप्त हुने भएको छ। यसअघि प्राविधिक कारण बजेटको माहोल सिर्जना हुन सकेको थिएन’, उनी भन्छन्। २६ रोपनी क्षेक्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ। 

अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने अल्ट्रा धाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडी जन्माएको भोजपुर खेलकुद क्षेत्रका लागि गर्विलो इतिहास बोकेको जिल्ला हो। रंगशाला बनेपछि उत्कृष्ट खेलाडी उत्पादन हुने र खेलका लागि बाहिर पलायन हुनुपर्ने बाध्यता हट्ने प्रविणकुमार सुवालले बताए। ‘साँघुरो मैदानमा अभ्यास गर्दा खेलाडीले राम्रोसँग प्रशिक्षण गर्न पाएका थिएनन्। जसले गर्दा नतिजा पनि सोचे अनुरुप आउँदैन थियो’, उनले भने, ‘अब धनकुटा, इलाम, संखुवासभामा रंगशाला र खेलाडी उत्पादन हुँदा भोजपुरमा पनि राम्रो राम्रो खेलाडी उत्पादन गर्न सकिने भएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.