घाइते सालकलाई उपचारपछि वासस्थानमा छाडियो

घाइते सालकलाई उपचारपछि वासस्थानमा छाडियो

जनकपुरधाम : घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारपछि जङगलमा छाडिएको छ। 

टाउकोमा चोट लागेर घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपचारको तीन दिनपछि प्राकृतिक वासस्थानमा जंगलमा छाडिएको हो। छाडिएको सालक चिनियाँ भएको बताइएको छ।

‘कमिला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छाडिएको डिभिजन वन कार्यालय धनुषाका अधिकृत बेचन चौधरीले बताए। 

सालकको स्वास्थ्य अवस्थामा सुधार आएपछि धेर थोर हिँडडुल गर्न थालेपछि जंगलमा छाडिएको हो। 

सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका–४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेको मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.