नारायणी नदीमा चल्यो क्रुज सिप

नारायणी नदीमा चल्यो क्रुज सिप

चितवन : माघे संक्रान्तिको अवसर पारेर नारायणी नदीमा ‘राइनो क्रुजसिप'सञ्चालनमा आएको छ। 

'पहिलो पटक  चढेको हुँ, रमाइलो लाग्यो पानी जहाज नभएपनि त्यसको झल्को लाग्यो, 'प्रेमवस्तिका सिताराम रिमालले भने, 'नेपालमा यो खालको पर्यटनको काम राम्रो होला जस्तो लागेको छ।'

भरतपुर महानगरपालिका १६ काभ्रेघाटस्थित नारायणी नदीमा पानी जहाजको झल्को दिने खालको क्रुज निमार्ण गरिएको हो। 

तीनवटा तला रहेको क्रुजमा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न मिल्नेछ। पहिलो तलामा सभा समारोह, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाँउ छ। माथिल्लो तलामा रेष्टुरेण्ट छ। 

त्यसैमा बार,भिआईपीक्याविन र शौचालय छ। अगाडीको भागमा सेल्फी प्वाइन्ट बनाइएको छ। तल्लो तलाको अघिल्लो भागमा चालक दल बस्ने ककपिट छ। 

क्रुजसिपमा चढेर नदी छेउमा रहेका वनजंगल, धार्मिक क्षेत्र लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कंडेलले बताए। 

निमार्ण थालिएको चार वर्षपछिमात्रै क्रुजसिप सञ्चालनमाआएको हो। दुई वर्ष अघि परिक्षण गरिएको थियो। करिब १५ करोड लागतमा तयार भएको राइनो वाटर इन्टरटेन्मेण्ट प्रालिका कार्यकारी निर्देशक दिपक ढुङ्गेलले बताए। क्रुप सिपका लागी तीन सिफ्ट बनाइएको छ। 

बिहानीमा ब्रेकफाष्ट क्रुज, अपरान्हान लन्च र साँझमा डिनर क्रुज रहेको छ। 'हामी विदेश जाने क्रममा देखेपछि हामीले त्यसलाई नेपालमा किन नल्याउने भनेर लाग्यौ, 'उनले भने, सबै साथीहरुको अनुभव समेटेर क्रुजसिप बनाएका हौं।' खाना सहितको प्याकेज भने करिब एक महिना पछि मात्रै हुने उनले बताए। 

नर्वेजियन प्रविधिबाट भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। नारायणी नदीको गहिराइको अध्ययनपछि  सञ्चालन गर्न सकिने निस्कर्ष निकालेका थिए। 

क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षतिभएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ। 

हरेक यात्रुको दशलाखको बिमाको सुविधा छ। सञ्चालन अनुमति प्रतिघण्टा ४० किलोमिटर छ। हिउँदमा पानीको सतह न्यून रहेको कारण लामो दूरीमा सञ्चालन गर्न नसकिने सञ्चालकले जनाएका छन्। 

क्रुजमा दुई इञ्जिन रहेका छन्। तीनघण्टाको प्याकेज बनाइएको छ। हिउँदमा देवघाटसम्म र वर्षामा गाजीपुसम्म पुर्‍याउने भनिएको छ। 

अहिलेलाई टिकटको मूल्य ७ सय रुपैयाँ प्रस्ताव गरिएको छ। खानाको प्याकेजका लागी यो भन्दा बढी तिनुर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.