हेलिकप्टर दुर्घटना युद्धको परिणाम हो : जेलेन्स्की
किभ : युक्रेनको राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनापछि राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ‘युद्धकालमा दुर्घटना’ नहुने बताए । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।
युक्रेनले अहिलेसम्म यो दुर्घटनामा रुसको हात रहेको दाबी भने गरेको छैन। डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ) मा जेलेन्स्कीले यो घटना युद्धको परिणाम भएको बताएका छन् ।
उक्त दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको थियो ।
आफ्नो भिडियो सन्देशमा जेलेन्स्कीले आफ्ना पश्चिमी सहयोगीहरूलाई जतिसक्दो चाँडो थप हतियार पठाउन अपील पनि गरेका छन्।
नेटोका प्रमुखले सोही मञ्चमा आफ्नो सम्बोधनमा युक्रेनले छिट्टै नयाँ, थप शक्तिशाली र आधुनिक हतियार पाउने बताए। जेन्स स्टोल्टनबर्गले पनि किभमा कुन हतियार पठाउने भन्ने बारे छलफल गर्न नेटो सदस्यहरूले शुक्रबार भेट्ने बताएका छन्।
बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक बालक पनि थिए । ४२ वर्षीय गृहमन्त्री डेनिस मोनास्टिरस्की रुसी आक्रमणपछि मृत्यु हुने युक्रेनका उच्च पदस्थ अधिकारी हुन्। बीबीसी
प्रतिक्रिया दिनुहोस !