जनप्रतिनिधि कार्यालयमै थुनिए

जनप्रतिनिधि कार्यालयमै थुनिए

भोजपुर : गाउँपालिकाको केन्द्र सारेको भन्दै अरूण गाउँपालिकावासीले जनप्रतिनिधिलाई थुनेका छन्। 

गाउँपालिकाको केन्द्र तोकिएको जग्गा छनौट गर्ने निर्णयमा विवाद भएपछि गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल लगायतका सदस्यलाई स्थानीयले गाउँपालिकाको कार्यालयमै थुनेका हुन्।

गाउँ कार्यपालिकाको बैठकमा सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतका आधारमा गाउँपालिकाको कार्यालय वडा नं ३, प्याउलीस्थित मरेङडाँडामा राखिने निर्णय हुँदा स्थानीय आक्रोशित बनेका थिए। 

हाल रहेको गाउँपालिकको केन्द्र प्याउलीबजारदेखि २ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा जग्गा छनौट गर्ने निर्णयमा विवाद भएको थियो। 

जग्गा छनौटका लागि कार्यपालिकाले बहुमतमा निर्णय गरेको विरोध गर्दै स्थानीयले आफूहरूलाई तालाबन्दी गरेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताइन्। 

'पालिकाको कार्यालयका लागि जग्गा छनौट गर्न बसेको बैठकमा अधिकांशले मरेङडाँडामा राख्ने निर्णय गरेतापनि स्थानीय बजारवासी आक्रोशित बने र विरोध गर्दै हामीलाई कार्यालयभित्रै तालाबन्दी गरिदिए,’ उपाध्यक्ष ढकालले सुनाइन्।

गाउँपालिकाका जनप्रतिनिधिहरूले मनोमानी ढंगले स्थानीयबासीको हितविपरीत गरेको निर्णयप्रति आपत्ति स्वरुप तालाबन्दी गरिएको स्थानीय पुर्ण श्रेष्ठले बताए। 

उनले भने, 'गाउँपालिकाका जनप्रतिनिधिहरू बाहिरी प्रभाव र दबावमा परेर गलत निर्णय गरेका कारण विरोध स्वरूप तालाबन्दि गरेका हौँ।’ 

गाउँपालिकाको निर्णय नसच्चिएसम्म विरोधका कार्यक्रमहरू जारी रहने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.