सपनाको देशसँगको नेपाल–सम्बन्ध

सपनाको देशसँगको नेपाल–सम्बन्ध

सन् १५०७ मा श्याम उलरले विश्वको नयाँ नक्सा बनाए। त्यस समयभन्दा पहिले नै इटालियन नागरिक क्रिस्टोफर कोलोम्बस १४९२ मा टापुको रूपमा रहेको एउटा भूगोल पत्ता लगाएका थिए। जतिबेला उनी आफ्नै समुद्री जहाजबाट घुम्दै थिए। उनै कोलोम्बसले उक्त टापुको नाम अमेरिका भनी नामकरण गरे। त्यही अमेरिका हो वर्तमान विश्वको शक्तिशाली राष्ट्र।

इतिहास भन्छ, अमेरिका पत्ता लाग्नुभन्दा पाँच सय वर्षअगाडि युरोपियन तीर्थयात्रीहरू पैदल हिँडेर क्यानडा पुगेका थिए। जुन वनजंगलको घना क्षेत्र भएको त्यस ठाउँको नाम न्यफाउन्डल्यान्ड टापु थियो। क्यानडामा रहेको उक्त ठाउँ अहिले प्रख्यात बनेको छ। जसलाई युनेस्कोले विश्वसम्पदामा सूचीकृत गरेको छ। त्यतिबेलै अमेरिका भ्रमण गरिएको थियो भन्ने मत पनि पाइन्छ। सम्भवतः यही भएर अमेरिकामा नै पहिला मानव बस्ती थियो। रोचक सन्दर्भ के छ भने अमेरिकामा एसिया महादेशबाट आएर मानव बस्ती बसालेको हो भन्ने इतिहास बोल्छ। विश्वको पूर्वीय केही अलगअलग भू–भागमा मानव बस्तीको विस्तार भएको इतिहास छ। यद्यपि विश्वको एक भूभाग मरुभूमि र वनजंगलले ढाकेको छ। तीन प्रतिशत भू–भाग त समुद्रले नै भरिएको छ।

सन् १६२० मा धार्मिक स्वतन्त्रताका लागि हल्यान्ड, इङ्ल्यान्ड, फ्रान्स र स्पेनबाट अमेरिका आउन थालेको पाइन्छ। यसरी आउनेहरूमा धार्मिक नारा दिएर किसान पनि हुन्थे। मानव बस्ती बसोबास गर्न थालेसँगै जनावर र समुद्री प्राणीसमेत एकबाट अर्को महासागर र एक महादेशबाट अर्को महादेशहरूमा ओसारपसार हुन थालेको पाइन्छ। मान्छे जहाँ पुग्यो, त्यहाँ त्यस्तै नाम राख्यो। जुन नागरिक जुन भूमिमा टेक्यो, त्यही भूमिको नागरिक बन्यो। यसरी नै युरोपियनमध्ये पैदल तीर्थयात्रीमा बेलायती नागरिक नै विश्वमा पहिलो हुँदै गएको पाइन्छ। यसरी जहाँ जहाँ पुग्यो, त्यहाँका त्यहाँ आफ्नो नाम राख्ने, झण्डा गाड्ने र हैकम जमाउने गरेको पाइन्छ। यसरी नै उसले विश्वमा ब्रिटिस शासन चलाएको बुझिन्छ।

अमेरिकामा पनि त्यही भएको पाइन्छ। पर्यटक बनेर आउने ब्रिटिस, इटालियन, फ्रेन्च र डचहरूले यहाँ बस्ती बसाले। आदिवासी अमेरिकन इन्डियनहरू आफूलाई दमन गरेका कारण सन् १७७५ अघि नै विद्रोही बने। परिणामः सेना तयार गर्न थाले। सन् १७७५ मा बेलायती सेनासँग भिड्न थाले। उपनिवेशीहरूले सैन्य तयार गरे। दासविरोधी नेताहरूको भेला भयो। जसले योजना बनाए। १७७६ को जुलाई ४ मा अमेरिकालाई ब्रिटिसबाट स्वतन्त्र भएको घोषणा गरे। त्यसपछि १० वर्ष लगाएर सन् १७८७ मा १० धाराको मात्र संविधान लेखे।

‘जनताद्वारा, जनताको र जनताका लागि सरकार’ भनेर संविधानमा व्यवस्था गर्ने देश, अमेरिका। १७ पटक संशोधन गरेर २७ वटा धारा राखेर बनाएको संविधान हो यो। नेपालमा संविधान बनाउने बेला अमेरिकाको यो संविधान पनि अध्ययन गरिन्छ। संविधान बनाउने बखत नेताहरूले अमेरिका र फ्रान्सको संविधान नेपालीमा अनुवाद गरेका थिए। यता पुराना १३ राज्यलाई अनुमोदन गरेर सन् १७८९ मा अमेरिकाको पहिलो संविधान जारी गरेर जर्ज वासिङ्टन प्रथम राष्ट्रपति बने। जो अमेरिकाका राष्ट्रपिता मानिन्छन्। त्यतिबेला न्यूयोर्क राज्य अमेरिकाको राजधानी थियो। १८औं शताब्दी चलेको गृहयुद्ध (जुन १८८५ सम्म चलेको थियो) मा सैनिक र जनता गरी ३६ लाख मानिसको निधन भएको इतिहास छ।

जब अमेरिका मजबुत भयो तबसम्म यसका फिलिपिन्स, भियतनाम, गुआम, पुएत्रोरिकाजस्ता उपनिवेशहरू बने। त्यसपछि अमेरिकाको उदय भयो। विश्वमा जताततै अमेरिका हुन थाल्यो। सन् १९१४ मा विश्वयुद्ध सुरु भयो। अमेरिकाले विश्वविजय हासिल गरेपछि १९४१ मा विश्वयुद्ध अन्त भयो। त्यसबेला भारतमा पनि ब्रिटिसहरूले राज्य गरिरहेका थिए। नेपाली गोर्खाली पनि ब्रिटिसको आँखामा भिजिसकेको हुनाले अमेरिकाले नेपालसँग छिटो मित्रता गर्न खोजेको थियो सायद। तत्कालीन समयमा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडी थिए। उनी नै नेपालका लागि पनि पहिलो अमेरिकन कूटनीतिज्ञ हुन्।

१९४८ फेब्रुअरी ३ मा अमेरिकी विदेश मन्त्रालयले नेपाल र नेपालले अमेरिकामा मिनिस्टरहरू राख्ने घोषणा सहमति गरे। बेलायतका लागि नेपाली राजदूत केशरशमशेर जबरालाई नै अमेरिकाका लागि नेपालको प्रतिनिधित्व गर्ने पहिलो कूूटनीतिज्ञ तोकियो। अमेरिकाका राष्ट्रपति ह्यारी एस तुर्मानको कार्यकालमा जबराले वासिङटनमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए। भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले पनि सोही समयताका नेपालका लागि पहिलो मिनिस्टरका रूपमा राजा त्रिभुवन वीरविक्रम शाहसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए। त्यसअघि मिसन टु नेपालको नाम लिएर सन् १९४८ मै उनी नेपाल आई तत्कालीन प्रधानमन्त्री पद्मशमशेर जबरालाई भेटेका थिए। साथै जबरासमक्ष दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सैनिकले बेलायती सेनाका तर्फबाट पु¥याएको योगदानको कदरस्वरूप अमेरिकी सेनाको ‘लेजन अफ मेरिट’ चढाएका थिए।

ह्यारी एस ट्रुुम्यान अमेरिकी राष्ट्रपतिको व्यक्तिगत प्रतिनिधिका रूपमा मन्त्रिस्तरीय हैसियतमा नेपाल मिसनमा आएका थिए। एक साता लामो नेपाल बसाइका क्रममा उनले राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानको पत्र पेस गरेका थिए। यसरी अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो। तत्कालीन प्रधानमन्त्रीका पाहुना भएर वा उनीहरूको अनुमति लिएर मात्र देशभित्र प्रवेश पाउने नियम थियो। त्यसैले प्रधानमन्त्री केशरशमशेरको अनुमति लिएर सन् १९४७ मा स्याटर्थ ह्वाइटले मिसन टु नेपालको नाम राखी नेपालमा विकासको पाइला टेकाएका थिए।

नेपालमा आधिकारिक मिसन हुने एकमात्र युरोपेली राष्ट्र बेलायत थियो। त्यतिबेला नेपालसँग जोडिएको कुनै पनि सीधा मार्ग थिएन। उनीहरूको मिसन रेल र रोडको यात्रा तय गरी अन्तिममा घोडा÷खच्चर र डोलीमा चढेर काठमाडौंसम्म पुगेको थियो। त्यही समयमा मकवानपुरको भीमफेदीबाट मोटर बोकेर काठमाडांै पु¥याइएको थियो। त्यसपछि उपत्यकामा गाडी गुडेका थिए। कलकत्तादेखि रक्सौल र भीमफेदीसम्म रेलबाट ढुवानी गर्ने काम भएको पाइन्छ। अमेरिका संसारका सबैजसो मानिसका लागि सपनाको देश हो। सबै देशका मानिस यहाँ आएर बसोबास गरिरहेका छन्। बाँकी धेरैले यहाँ आउने चाहना पालिरहेका पनि होलान्। विश्वका सबैभन्दा बढी धनाढ्यमध्ये ५० हजार नागरिक अमेरिकामै बस्छन्। अमेरिका अवसरै अवसरले भरिएको कानुनी राज्यको मुलुक हो। यदि दक्ष जनशक्ति छ भने यहाँ नसोचेको माथिल्लो तहमा पुग्ने अवसर हुन्छ। अमेरिकामा जात, धर्म, लिंग, वर्ण, राष्ट्रियता कुनै कुरा सोधिँदैन र भेदभाव पनि गरिँदैन। यो राम्रो पक्ष छ। हरेक नागरिक अमेरिकी कानुनबाट संरक्षित हुन्छन्। विकासलगायत यस्तै विविध कारणले सायद अमेरिकालाई सपनाको देश भनिएको हुनुपर्छ।

अमेरिका मूलतः आप्रवासी मुलुक हुनाले यहाँ संसारका प्रायः देशबाट मानिस आएर बसोबास गरेका छन्। दक्षिण एसियाको सुन्दर मुलुक नेपालबाट मात्र करिब पाँच लाख नेपाली अमेरिकामा बसोबास (स्थायी अस्थायी) गरेका छन्। छात्रवृत्तिमा सन् १९६४ मा अमेरिका आएका डा. तुलसी जोशी यहाँका पुराना नेपाली बासिन्दा हुन्। केही नेपाली नेपालको नागरिकता नै त्यागी अमेरिकी नागरिक भइबसेका छन्। केही ग्रिनकार्ड, केही रोजगार, केही व्यापार र व्यवसाय र केही अध्ययनका लागि बसोबास गरेका छन्। अमेरिकामा राजनीति गर्न र मतदानका लागि यहींको नागरिक हुनुपर्छ। करिब २१ हजार नेपाली अमेरिकामा मतदानमा सहभागी हुन पाउँछन्। यसरी विश्वविजेता अमेरिकासँग नेपालको नाता यस किसिमले जोडिएको पनि ७५औं वर्षगाँठ पुगेको छ। दूतावासको बुलेटिनअनुसार अमेरिकाले यसबीच नेपालमा विद्यालय, औषधि, अस्पताल, सैनिक सहयोग, सञ्चार क्षेत्र, विद्युत् आदिमा गरी हालसम्म तीन सय अर्ब नेपाली रुपैयाँ सहयोग गरिसकेको छ।

धामी, एक दशकदेखि अमेरिकाको न्युयोर्कमा बस्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.