तीन जना फरार प्रतिवादी पक्राउ
फिदिम : ज्यान मार्ने उद्योगमा जिल्ला अदालत पाँचथरले दोषी ठहर गरेका तीन जना फरार प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
फालेलुङ गाँउपालिका-७ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । फालेलुङ गाँउपालिका-७ का २४ वर्षीय सुजन राई, २२ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए ।
अदालतले उनीहरुलाई दोषी ठहर गर्दै चार वर्ष ११ महिना १८ दिन जेल भुक्ताको सजाय तोकेको छ ।
प्रतिक्रिया दिनुहोस !