प्रेमप्रसादको १३ औं दिनको पुण्य तिथिका सहभागीले भने- माग पूरा गर सरकार

प्रेमप्रसादको १३ औं दिनको पुण्य तिथिका सहभागीले भने- माग पूरा गर सरकार
सुन्नुहोस्

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवार, आफन्त र सरोकारवालाले उनले उठाएका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

इलाम: प्रेमप्रसाद आचार्यको १३ औं दिनको पुण्य तिथिका सहभागीले मृत्युपत्रमा उल्लेख गरेका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।

उद्योग, व्यवसायको दिगोपना र व्यावसायिक वातावरण निर्माण गर्न २५ बुँदे माग सहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवन अगाडि आत्मदाह गरेका आचार्यले उठाएका मागहरू पुरा गर्न उद्यमी, व्यवसायी र परिवारले माग गरेको हुन्। 

आचार्यको १३औ पुण्य तिथिमा आचार्यको गृहनगर इलामको सूर्योदय नगरपालिकामा सूर्योदय नगर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वर्तमान सन्दर्भमा प्रेमप्रसादले उठाएका मागहरू’ विषयक छलफल कार्यक्रममा आचार्यकी श्रीमती नानुका अधिकारीले प्रेमप्रसादले उठाएका माग सम्बोधन गर्न सरकारसँग माग गरिन्।

अधिकारीले भनिन् ‘मैले जुन दुःख अहिले भोग्नु परेको छ, त्यो अरु व्यवसायीले भोग्नु नपरोस् भनेर (प्रेमप्रसाद) जानु भएको छ। हामीले सरकारलाई माग पत्र बुझाएका छौ, सरकारले २१ दिनको समय मागेको छ। माग सम्बोधन गराउन सबै लाग्नु हुने छ भन्ने आश गरेको छु।’
 
प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले प्रेमप्रसाद आचार्यले जस्तै अरुले कठोर निर्णय लिनु पर्ने अवस्था अन्त्य गर्न सरकाले उनका मागहरूलाई सम्बोधन गर्नु पर्ने बताए।
 
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश न १ का अध्यक्ष टीकाराज ढकालले प्रेमप्रसाद आचार्यले आम व्यवसायीका समस्या माग मार्फत उठाएकाले ती माग सम्बोधन गराउन संघले भूमिका खेल्ने बताए। उनले भने ‘व्यपारी व्यवसायीको अवस्था उजागर गरेर जानु भएको छ, सरकारले उहाँको मागहरू पुरा गर्नुपर्छ भन्ने महासंघको माग छ।’

अध्यक्ष ढकालले सरकार व्यवसायीका समस्या समाधान गर्नेभन्दा पनि राजनीतिक किचोलामा अल्झिएको बताए। उनले भने ‘हामीले प्रधानमन्त्रीदेखि गर्भनरसम्मलाई व्यवसायीका समस्या सुनाएर समाधान गर्न आग्रह गर्दापनि सुनुवाइ भएको छैन।’ उनले व्यवसायी कर्जा तिर्ने अवस्थामा नरहेकाले सहुलियतको व्यवस्था गर्न सरकारले ढिला गर्नु नहुने बताए।
 
राष्ट्रिय कृषक समूह महासंघका सस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्वव अधिकारीले राज्यलाई किसान र व्यवसायीको कुरा सुनाउन प्राण आहुती नै दिनु पर्ने र त्यती हुँदा पनि कुरा सुन्ने अवस्था नरहनु दुर्भाग्य पुण रहेको बताए। दुई दसकदेखि किसानको पक्षमा आवाज उठाई रहेका अभियन्ता अधिकारीले भने ‘नेपालमा कृषि, उद्योग, पर्यटन र युवाहरूको सम्भावना देखाएपनि सकारको चासो भने सुन्य प्राय छ।’ उनले स्वर्गीय आचर्यले उठाएका सवालमा लामो बहस हुन जरुरी रहेको बताए। उनले भने ‘प्रेमप्रसादले गर्नु भएको पैरवीलाई निरन्तर उठाउनु जरुरी छ।’


 
अधिकारीले भने ‘राज्यका अनेक अनियमितता र भ्रष्टाचारलाई पनि उजागर गर्नुभएको छ । यो गम्भीर छ।’ राष्ट्रिय वन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्काले व्यवसायीहरू बैंकको चर्को व्याजमा पिल्सिएको अहिलेको अवस्थामा आफ्नो घर, जग्गासमेत गुमाउन पुगेको बताए। प्रेमप्रसादले उठाएका माग सम्बोधन गराउन सबै व्यवसायी एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको भनाइ छ। 

यातायात व्यवसायी मिलन क्षेत्रीले व्यवसायीको पक्षमा सरकार र बैंकको नीति नदेखिएकाले सुधारका लागि दवावा सिर्जना गर्नुपर्ने बताए।
 
एलाईन्स फर एग्रो निन्टरप्रेनर्स सूर्योदयका सदस्य सूवास चौरासेले प्रेमप्रसाद आचार्यले उठाएका माग पुरा गर्न तीन तहको सरकारसँग बहस गर्नुपर्ने बताए। नेपाल पत्रकार महासंघका सचिव भिम चापागाईले आचार्यले आम व्यवसायीले भोगिरहेको समस्या बाहिर ल्याएको भन्दै उनका माग सम्बोधन भए सबै व्यवसायीलाई फाइदा हुने बताए।
 
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कमल गदाल, सूर्योदय नगरपालिका वाड न २ का वडा अध्यक्ष डिक बम्जन,  सूर्योदय महिला मञ्चकी अध्यक्ष अर्मता राई, व्यवसायी लक्ष्मी प्रसाई लगायतले आचार्यको माग सम्बोधन गर्न सरकारले तदारुपता दिनुपर्ने माग गरेका छन्। 

सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले स्वर्गिय राईका माग सम्बोध गराउन संघले सरोकारवालालाई निरन्तर दवाव दिईरहने बताए । उनले भने ‘आचार्यले उठाएका सवाल उद्यमी, व्यवसायीका आम सवालहरू हुन्, राज्यले तत्काल सम्बोधन गर्न थाल्नुपर्छ।’

आचार्यले उठाएका मागसहितको पत्र पढ्नुहोस्

आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा यस्तो लेखेका थिए प्रेम आचार्यले

मृतक प्रेमप्रसादकी पत्नी नानुकाले प्रहरीमा दिइन १२ कसुरदारविरुद्ध उजुरी

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.