मोटरसाइकल चलाउँदै गर्दा भीरबाट खसेको ढुंगा लागेर चालकको मृत्यु

मोटरसाइकल चलाउँदै गर्दा भीरबाट खसेको ढुंगा लागेर चालकको मृत्यु
सुन्नुहोस्

जाजरकोट : भीरबाट खसेको ढुंगा लागेर जाजरकोटमा मोटरसाइकलका चालकको मृत्यु भएको छ।

जाजरकोटको नलगाड नगरपालिका-५, को नलगाड हाइड्रोपावरको पहुँचमार्गअन्तर्गत गेरेनी भीर नजिक मोटरसाइकल चलाइरहेको बेला माथिबाट आएको ढुंगा लागेर पश्चिम रुकुम आठविसकोट नगरपालिका-११ चौर निवासी ३२ वर्षीय अशोक खड्काको मृत्यु भएको हो।

खाराबाट कालीमाटीतर्फ आउँदै गरेको मोटरसाइकलमा खड्कामाथि गेरेनी भीरबाट ढुंगा खसेको थियो। 

ढुंगा लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वास्थ्य चौकी दल्लीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

मोटरसाइकलको पछाडिको सिटमा बसेका उनका साथी भने सामान्य घाइते मात्र भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.