फरार दुई प्रतिवादी पक्राउ
बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले लागूऔषध र सवारी ज्यान मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले लागूऔषध मुद्दामा फरार निसीखोला गाउँपालिका–६ की ३७ वर्षीया भागिमला बुढा मगर र सवारी ज्यान मुद्दामा फरार निसीखोला-६ का ३२ वर्षीय चन्द्रबहादुर घर्ति मगरलाई पक्राउ गरिएको जानकारी दिए ।
मुढा मगरलाई अदालतको २०६८ असार २३ गते फैसलाले १० महिना १५ दिन कैद र ७ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
यस्तै घर्ती मगरलाई २०७४ माघ ११ गतेको फैसलाले २ महिना ७ दिन कैद र एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
कैद तथा जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादीलाई बागलुङ जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी गराए।