जिजुबुवाको पुस्तक पनातिनीले गरिन् लोकार्पण

जिजुबुवाको पुस्तक पनातिनीले गरिन् लोकार्पण
सुन्नुहोस्

धनकुटा : धनकुटा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखनारायण जोशीद्वारा लिखित कविता संग्रह ‘यो कविता यात्रा’को लोकार्पण उनका पनातिनी तीन वर्षीया अभियन्नाले गरेकी छिन्। 

धनकुटा सदरमुकामस्थित धनकुटा इस्न्ट्रिच्यूट अफ हेल्थ साइन्स क्याम्पसमा आयोजित समारोहका बीच १ सय ३६ पृष्ठको कविता संग्रह लेखक जोशीका पनातिनीले लोकार्पण गरेकी हुन्। 

लेखक नारायण जोशी र अभियन्ना जोशी नाता सम्वन्धले जिजुबुवा-पनातिनी हुन्। लेखक जोशीका भतिजा छोरा विशेश्वर जोशीका छोरा मन्जिल जोशीको छोरी हुन्, अभियन्ना। लेखक जोशी र उनका भजिता विशेश्वरको बुवा मधुमान जोशी दाजुभाई हुन्। 

आफ्नो तीन पुस्ता पनानितिको हातबाट पुस्तक लोकार्पण हुँदा लेखक जोशीको मुहारमा बेग्लै खुसीको भाव झल्किन्थ्यो। उनी पुस्तक लोकार्पण कार्यक्रमको प्रमुख अतिथि बनेकी थिइन्। पुस्तक लोकार्पण गरिसकेपछि उनले धन्यवाद व्यक्त सहभागी सबैलाई नमस्कार गरेकी थिइन्। 

धनकुटा वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मानवहादुर भण्डारीले पुस्तकको टिप्पणी तथा परिचर्चा गरेका थिए। कविता संग्रहमा राष्ट्रप्रेम, वन्धुत्व, सृजना र मातृवात्सल्य जस्ता सबै खाले प्रेमलाई चर्चा गरिएको छ। 

कवि जोशीले ६० वर्षे कविता यात्रा यस कविता संग्रहमा समेटिएको बताए। लेखक जोशी धनकुटा बहुमुखी क्याम्पसमा ३८ वर्ष प्राध्यापन गर्दै दुई पटक क्याम्पस प्रमुख समेत भएका थिए। 

यसअघि उनको यो जीवन यात्रा (२०२७), एक से एक प्रतिक्रिया (२०७९), सपनाको सपना (२०७९) लगायत पुस्तक पुस्तक प्रकाशन भइसकेको छ। यो कविता यात्रा उनको चौथो कृति हो। 

यसै वर्ष उनको तीन वटा कृति प्रकाशन भइसकेको छ। पुस्तकको प्रकाशक बुलन्द जोशी र ममता जोशी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.