जंगलमा लडेर बेपत्ता भएका लिम्बू मृत फेला

जंगलमा लडेर बेपत्ता भएका लिम्बू मृत फेला
सांकेतिक तस्बिर

मोरङको लेटाङबाट पाँचथरको मिक्लाजुङ गाँउपालिका स्थित ससुराली घर आउने क्रममा जंगलमा लडेर बेपत्ता भएका हस्तबहादुर लिम्बू मृत फेला परेका छन्। 

फिदिम: मिक्लाजुङको गैरीगाउँ जंगलमा लडेर बेपत्ता भएका हस्तबहादुर लिम्बू मृत फेला परेका छन्। 

मोरङको लेटाङबाट पाँचथरको मिक्लाजुङ गाँउपालिका स्थित ससुराली घर आउने क्रममा जंगलमा लडेका लिम्बू बेपत्ता भएका थिए। 

लेटाङ नगरपालिका ८ खैरेनी निबासी ७३ बर्षीय  लिम्बू श्रीमती सरिता र दुई बच्चासहित ससुराली आउनेक्रममा जंगलमा लडेका थिए। 

लडेर बेपत्ता भएका उनलाई खोज्न श्रीमती सरिताले प्रहरीमा खबर गरेकी थिइन्। इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गर्दा उनलाई जंगलमा मृत फेला पारैको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.