रोकिएन अवैध उत्खनन कार्य

रोकिएन अवैध उत्खनन कार्य
सुन्नुहोस्

सन्धिखर्क : निर्माणाधीन पटौटी तम्घास फास्ट ट्रयाक र घुम्ती पाल्पा सडकको जिल्ला स्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार सडक निर्माण कार्य गुणस्तरीय रूपमा काम भए नभएको र सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था भए नभएकाबारे अनुगमन गरिएको हो। सडक निर्माणमा प्रयोग गरिने ढुंगा, गिट्टी, बालुवा वातावरणीय प्रभाव अध्ययन नगरेर नै निजी जग्गाको प्रयोग गरिएको भेटिएकोले तत्काल वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरेर मात्र प्रयोग गर्न  निर्देशन दिएको छ।

पाणिनी ८ मधुलेखमा अबैध रुपमा पहाड उत्खनन् गरेको अवस्थामा एक एक्साभेटर समेत फेला पारेको छ। अनुगमन टोली आएको थाहा पाएपछि उत्खनन गरिरहेको एक्साभेटर छाडेर चालक भागेका थिए। उक्त गाडीलाई कानुन अनुसार कारबाही गर्न निर्देशन दिएको छ।

पटौटी तम्घास फास्ट ट्रयाकको पटौटी, दुर्गाफाट हँुदै रिडी खोलामा बन्न लागेको पुल तथा सोही क्षेत्रको सडक तथा घुम्ती पाल्पा सडकको घुम्तीदेखि दुर्गाफाँटसम्मको सडकको अनुगमन गरिएको जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाले बताए। 

अनुगमन टोलीमा जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी मीना अर्याल, प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, सडक पूर्वाधार कार्यालयका इन्जिनियर अशोक दुवाडी, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको टोलीले अनुगमन गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.