चर्च ब्वाइज क्वार्टरफाइनलमा

चर्च ब्वाइज क्वार्टरफाइनलमा
बलका लागि प्रतिस्पर्धा गर्दै नेपाल पुलिस क्लब र चर्च ब्वाइजका खेलाडी।
सुन्नुहोस्

मेची रंगशालामा सोमबार भएको खेलमा ‘ए’ डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबसँग ३–० को हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको हो।

झापा : विभागीय टोली नेपाल पुलिस क्लब प्रथम भद्रपुर झापा गोल्डकपको नकआउट चरणबाटै बाहिरिएको छ। मेची रंगशालामा सोमबार भएको खेलमा ‘ए’ डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबसँग ३–० को हार बेहोर्दै पहिलो खेलबाटै घर फर्किएको हो।

चर्च ब्वाइजले क्वार्टरफाइनलमा राजर्षि जनक कप विजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चर्च ब्वाइजको जितमा आशिस चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरेका थिए। सिंहले खेलको ४०औं, चौधरीले ५६औं र ६० औं मिनेटमा गोल गरेका थिए।

खेलको प्लेयर अफ दी म्याच चर्च ब्वाइजका आशिस चौधरी घोषित भए। उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए। यो पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो। मंगलबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।

प्रतियोगितामा तीन विदेशीसहित १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले सात लाख रुपैयाँ पाउने छन्। प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद २० हजार रुपैयाँ पाउने छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.