स्वीकृति बिनाका ल्याबको सिल

स्वीकृति बिनाका ल्याबको सिल
सुन्नुहोस्

वीरगन्ज: वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सञ्चालनमा रहेका तीन स्वास्थ्य संस्था सिल गरेको छ।

 
महानगरपालिकाले गठन गरेको स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण समितिले एक साता यता वीरगन्जका क्लिनिक र प्याथोलोजी ल्याबहरुको अनुगमन गर्दै आएको छ।
 
प्याथलोजी सेन्टर र क्लिनिकहरुले नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको र स्वास्थ्य संस्था बिना दर्ता नै संचालनमा रहेको सूचना आएपछि महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा समितिले अनुगमनलाई तिब्रता दिएको हो।
 
बुधबार अनुगमनका क्रममा अनुमति बिनै सञ्चालनमा रहेको भेटिएपछि एउटा क्लिनिक र दुई वटा ल्याबमा सिलबन्दी गरिएको हो।

अनुगमनमा खटिएको टोलीले चित्रांश पोली हेल्थ क्लिनिक, उक्त क्लिनिककै प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै सन्चालनमा रहेको भेटेपछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिए।
 
तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर सञ्चालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको भेटिएको पनि महत्तोले बताए।
 
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको रोहबरमा तीन वटै संस्थामा लाहाछाप लगाएर सिल गरिएको महत्तोले बताए।

वीरगन्जमा सञ्चालित प्याथोलोजी ल्याब र क्लिनिकहरुको गत सातादेखि अनुगमन सुरु गरिएकोमा बुधबारदेखि भने स्वीकृति नै नलिई सन्चालनमा रहेकालाई सिलबन्दी गर्न सुरु गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.