वडालाई पोषणमैत्री बनाउने अभियान

वडालाई पोषणमैत्री बनाउने अभियान
सुन्नुहोस्

सधिखर्क: अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गले वडालाई पोषणमैत्री वडा बनाउने अभियान थालेको छ।

पोषण मैत्री वडा बनाउन अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको नवलपरासीस्थित देवचुली नगरपालिका वडा नं. ७ स्वास्थ्य चौकी, जनप्रतिनिधिसँग अनुभव आदानप्रदान तथा अन्तरक्रिया भएको छ।

पाणिनि–६ धातिवाङ्गका जनप्रतिनिधि, स्वास्थ्यका कर्मचारी, महिला स्वास्थ्य स्वंयमसेविकासहितको प्रतिनिधि मुलक सिकाई आदानप्रदान भ्रमण अन्तर्गत पोषणमैत्री वडा,स्वास्थ्य चौकीको भ्रमण गरिएको हो।

देवचुली–७ मा रहेको स्वास्थ्य चौकी र जनप्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि पाणिनि–६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले चालू आर्थिक वर्षमै धातिवाङ्ग स्वास्थ्य चौकीलाई पोषणमैत्री वडा घोषणाका लागि अनुभव आदानप्रदान कार्यक्रमले हौसला थपेको बताए।

वडा र स्वास्थ्य संस्था पोषणमैत्री घोषणाका लागि आवश्यक पर्ने १७ सुचक पूरा गरी चालू आर्थिक वर्षको असारमसान्तसम्म घोषणा गर्ने बताए। पुर्वाधार विकाससँगै सामाजिक क्षेत्रको विकास भएमा नमुना वडा बनाउँन सकिने वडा अध्यक्ष पौडेलको भनाइ छ।

कार्यक्रममा देवचुली स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ, सहसंयोजक शिवप्रसाद पराजुली,धातिवाङ्ग स्वास्थ्य चौकीका प्रमुख मित्रदेव पौडेल, देवचुली-७ का स्वास्थ्य चौकी प्रमुख लिलाप्रसाद काफ्लेले पोषणमैत्री वडा निर्माणका लागि अनुभव साटासाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.