पर्यटकीय गन्तव्य बन्दै शुक्लाफाँट राष्ट्रिय निकुञ्ज

पूर्वी रूट पनि खुला

पर्यटकीय गन्तव्य बन्दै शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
तस्बिर : शिवराज भट्ट
सुन्नुहोस्

कञ्चनपुर : कञ्चनपुरमा रहेको शुक्फाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पूर्वी रुट पनि खुला गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको  टोलीले बेल्डाँडी क्षेत्रबाट निकुञ्ज प्रवेश गर्दै पूर्वी रुट खुला गरेको हो।

शुक्लाफाँटा राष्ट्रि निकुञ्जको स्थापना २०३१ सालमा भएको हो । त्यतिबेला शाही शुक्लाफाँटा बन्यजन्तु आरक्ष भनिएपछि यसलाई निकुञ्ज बनाइएको हो । २४३ वर्ग किलोमिटर रहेको शुक्लाफाँटाको क्षेत्रफल बढाएर अहिले ३०५ वर्ग किलोमिटर पुर्‍याएको छ।

null

यो निकुञ्न कञ्चनपुर जिल्लाको नेपाल–भारत सीमानासँग जोडिएको छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो निकुञ्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २ हजार ३०१ वटा बाह्रसिंगाको गणना गरिएको थियो । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणनाअनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संख्या १६ रहेको छ भने २०२२ को गणना अनुसार यस निकुञ्जमा ३७ वटा बाघको गणना भएको छ ।

null

निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । यहाँ सिसौ,खयर र घाँसे मैदान छ । जंगली हात्ती,पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू रहेका छन्।

null

निकुञ्जमा २३७ वटा कृष्णसार संरक्षित गरी राखिएका छन । १२ वर्षअघि ८४ वटा कृष्णसारबाट सुरू गरिएको हिरापुर कृष्णसार संरक्षित क्षेत्रमा अहिले बडेर २८७ पुगेका छन् । कृष्णसार संक्षित क्षेत्रहरुमध्ये यो सबैभन्दा बढी संख्या हो । 

एसीयामै बाह्रसंगेको ठूलो बथान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बुधबारबाट पूर्वीरुट पनि खुला गरिएको हो । कञ्चनपुरकै बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ को ईमलियाबाट पनि प्रवेश गर्न सकिन्छ। यसअघि कञ्चनपुरको मजगाउँबाट मात्र निकुञ्ज प्रवेश गर्नुपथ्र्यो । 

null

शुक्लाफाँटा पाटेबाघ बढी देखिने क्षेत्र पनि हो । सामान्य एउटा बाघका लागि ६० वर्ग किलोमिटरको बासस्थान चाहिन्छ । तर,शुक्लाफाँटामा एउटा बाघको बासस्थान २५ देखि ३० वर्गकिलोमिटर मात्रै भएकाले जंगल सफारी गर्दै देखिने सम्भावना बढी रहेको पर्यटन गाईड डुट्ठा रानाले बताए ।

‘सामान्यतया बाघका लागि ६० वर्ग किलोमिटरको बासस्थान क्षेत्र चाहिन्छ । तर शुक्लाफाँटामा पछिल्लो गणनामा ३७ वटा पाटेबाघ रहेका छन् । बासस्थान सानो भएकाले जंगल सफारी क्रममा पर्यटकहरूले बाघ देख्ने सम्भावना बढी छ,' रानाले भने । ‘यसरी सानो बासस्थानमा मिलेर बसेको ‘क्याट फेमिलि’ यो विश्वका लागि नमूना हुनसक्छ ।’

null

नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन सुदूरपश्चिम,पुर्नबास र बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाको पहलमा बुधबारदेखि पूर्वी रुट पनि खुला गरिएको हो । यसअघि  मजगाउँबाट मात्र प्रवेश थियो । शुक्लाफँटा घुम्न पूर्वी रुटकै नजिक आएर फेरि मजगाउँबाट बाहिरिनुपर्ने समस्या थियो । ‘तर अब पूर्वी रुट (बेल्डाँडी) भएर पश्चिम (मजगाउँ) निस्कन सकिने र उताबाट यता पनि निस्कन सकिने गरि सजिलो भयो,'नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले भने ।

सुख्खा मौसमका लागि भनेर स्थानीय चौधर नदीमा काठको पुल हालिएको छ । बर्खाका बेला भने फेरि पूर्वी रुटको प्रवेश बन्द हुने सम्भावना देखिएको छ । ‘१२ करोडमा पुलको ठेक्का भएको छ । तर ठेकेदार सम्पर्कबिहीन छन्, मुख्यमन्त्रीज्युलाई त्यो ठेकेदार खोजीदिन अनुरोध गर्दछु,' बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले भने ।

null

शुक्लाफाँटा जानका लागि बेल्डाडी गाउँपालिकाले ढाई किलोमिटरको सडकको ट्रयाक खोलेको छ । बेल्डाँडीको इमिलियाबाट शुक्लाफाँटाको मुख्य घुम्ने स्थान मानिएको घासेमैदान पुग्न ५ किलोमिटरको मात्रै दुरी छ । ‘पर्यटहरूका लागि मजगाउँबाट २७ किलोमिटर पूर्व आएर फेरि उतै फर्किने समस्या अन्त भयो, यसले पर्यटकको खर्च पनि जोगियो र पर्यटक बढने सम्भावना पनि भयो,'नाटा सुदूरपश्चिमका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी माया प्रकाश भट्टले भने ।

मुख्यमन्त्री कमल शाह, प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही,भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवासहित प्रदेशसभा सदस्य र पर्यटन  व्यवसायीहरूले पूर्वी प्रवेश मार्गबाट निकुञ्जको अवलोकन पनि गरेका छन् । 

निकुञ्जको अवलोकनका क्रममा मुख्यमन्त्री शाहले शुक्लाफाँटाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । केही दिनमा निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षा चेक पोस्ट स्थापना भएपछि यस क्षेत्रबाट पनि पर्यटन शुक्लाफाटा घुम्न पाउनेछन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.