कर्णालीको आफ्नै प्रयोगशाला

कर्णालीको आफ्नै प्रयोगशाला
प्रदेश प्रयोगशाला उद्घाटन कार्यक्रममा सहभागी सरोकारवालाहरू। बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर  : कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ। विगतमा कुनै पनि रोगको परीक्षण गर्न यहाँ प्रयोगशाला नहुँदा प्रदेश बाहिर पठाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो।

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटनसमेत गरेका थिए। मन्त्री पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन थप पहल गरिने बताए।उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै उनले प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न जरुरी रहेको बताए। 

प्रदेश प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सहज हुने बताए। उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट गर्ने गरी यसलाई व्यवस्थित बनाइने बताए। उनका अनुसार अब कुनै पनि रोगको परीक्षण गर्न प्रदेश बाहिर बाहिर जानुपर्ने छैन। 

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले आफ्नो कर्णाली प्रदेशमा आफ्नै प्रयोगशाला बनाउन विगतको सरकारले प्राथमिक्ता दिएको बताउँदै अहिले प्रयोगशाला संचालनमा आउदा निकै खुसी लागेको बताए। उनले यसलाई सुविधायुक्त बनाउन प्रदेश सरकारले थप उपकणको व्यवस्थापन गर्न जरुरी रहेको औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.