पूर्वमाओवादी घटकको बैठक बालुवाटारमा जारी

पूर्वमाओवादी घटकको बैठक बालुवाटारमा जारी
सुन्नुहोस्

काठमाडौं: पूर्वमाओवादी घटकको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बैठकमा सशस्त्र द्वन्द्वका क्रममा एक ठाउँमा भएका माओवादी घटक भेला भएका छन्। 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै माओवादी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न चाल्नुपर्ने कदमलगायतका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले सञ्चालन गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।

सर्वोच्च अदातलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्धका उजुरी हाल्न निर्देशन दिएपछि पूर्वमाओवादी घटक एक ठाउँमा जुट्नुलाई महत्वका साथ हेरिएको छ। 

सशस्त्र द्वन्द्व समाप्त भएको लामो समय बितेपनि द्वन्द्व व्यवस्थापनका कामले पूर्णता पाएका छैनन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगले प्रभावकारी काम नगर्दा पटक पटक सशस्त्र द्वन्द्वका घटना छलफलमा आउने गरेका छन्। 

यसैबीच सोमबार आफ्नो पार्टीका सांसदलाई अभिमुखीकरण दिनेक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका थिए। आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानून बनाउन नदिएको आरोप ओलीले लगाएका थिए। 

आजको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंग्याउने विषयमा पनि छलफल गर्ने बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.