बढे पर्यटक

बढे पर्यटक
सुन्नुहोस्

सुपा देउराली मन्दिरको भेटीबाट स्कुल र आश्रमलाई सहयोग गरिंदै।

सन्धिखर्क : महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दूरीमा रहेको नरपानीमा हिजोआज पर्यटकको घुइँचो बढ्न थालेको छ। मनमोहक दृश्य देखिने, चिसो हावापानी पाइने भएकाले नरपानी डाँडामा पर्यटकको आवागमन बढेको हो।  

यहाँबाट सेता हिमाल नजिकै देख्न पाइन्छ। व्यवस्थित पिकनिक स्पटहरू छन्। प्रसिद्ध सुपा देउरालीको मन्दिर पनि यहीँ छ। यस क्षेत्रमा आउने पर्यटकहरूलाई डुंगा सवारको समेत व्यवस्था मिलाउन लागिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ। 

मनमोहक दृश्यहरू हेर्न तराई र भारतदेखि पर्यटक आउने गर्छन्। पिकनिकका लागि कपिलबस्तु, रूपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक ५० ग्रुपसम्म आउने गर्दछन्। शनिबारको दिन यहाँ ७० ग्रुपसम्म आउने गरेका छन्।  

कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा सुपा देउरालीको मन्दिर छ। यस मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वास लिएर आउने संख्या पनि त्यत्तिकै हुन्छ। वरिपरि हरियाली डाँडाको बीचमा रहेको समथर भूभाग आएर घुम्दा जो कोही पनि आनन्दित हुन्छन्। मन्दिरमा उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन्।

मन्दिरको भेटीबाट आदर्श मावि खाँचीकोटमा पाँच र शान्ति निमावि सीतापुरमा चार शिक्षकको खर्च व्यहोरिँदै आएको छ। मासिकरूपमा आदर्श माविलाई ७० हजार र शान्ति निमाविलाई ३० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यस्तै सन्धिखर्ककै पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।   

विद्यालय चलाउन कठिन भएको अवस्थामा मन्दिरको भेटीबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा सहज भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज थापाले बताए। ‘मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय आधारभूत नै रहने थियो,’ उनले भने। 

पर्यटकको चहलपहल बढेसँगै सीतापुरदेखि नरपानीसम्म धेरैले व्यवसाय सञ्चालन गरेका छन्। फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भण्डार तथा होटल व्यवसाय बढी चलेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.