भीरमा खसेर युवकको मृत्यु, पाँच जना पक्राउ
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानापति नजिकैको थरथरे भीरबाट खसेर एक जनाको युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवपुरी- ८ का २३ वर्षीय मनोज तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको अनुसन्धानका लागि दुई युवतीसहित पाँच जना उनका साथीलाई पक्राउ गरिएको छ।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरेपछि शव आफन्तलाई बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस !