एकदिवसीस शृंखला : पीएनजीविरुद्ध यूएईले पहिलो फिल्डिङ रोज्यो
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्ति त्रिदेसीय शृंखलामा यूएईले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस जितेर फिल्डङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मुहम्मद वासिमले पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन्।
बिहीबार भएको खेलमा नेपालसँग ५२ रनले पराजित भएको पीएनजी आज पहिलो जितको खोजीमा हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन यूएई पनि आजको खेल जित्नै पर्ने दबाबमा छ।
तालिकाको छैटौं स्थानमा रहेको यूएई पाँचौं स्थानको नेपालभन्दा तीन अंकले पछाडि छ। यद्यपि, नेपालले एक खेल बढी खेलेको छ। नेपालले बाँकी तीनै खेलमा जित निकाले शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउने छ।
यूएईले भने बाँकी चारै खेलमा जित निकाले पनि नेट रनरेट निर्णायक बन्ने छ। आजको खेलमा पराजित भए यूएईको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता जोगाउन पनि अझै चुनौतीपूर्ण बन्ने छ।
पीएनजी चार खेल मात्र जितेर ९ अंकसहित पुछारमा छ।