नुवाकोटका दुई पसलमा आगलागी

नुवाकोटका दुई पसलमा आगलागी
सुन्नुहोस्

प्लाष्ट्रिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो।

नुवाकोट : नुवाकोटको ढुंगेवजारमा सोमबार राती आगजनी भएको छ। विदुर नगरपालिका-१ ढुंगेबजारमा आगजनी हुँदा दुई वटा पसलको करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ। स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगजनी भएको हो। 

पौने १२ बजे अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयबासीले देखेपछि गुहार मागेपछि अन्यले जानकारी पाएका थिए। आगजनीबाट अधिकारीको एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। यस्तैसंगै जोडिएको सुरेश श्रेष्ठको किराना पसलसमेत नष्ट हुँदा ५० लाख रुपैँयाँ बराबरको धनमाल नष्ट भएको छ। आगजनीको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्लाष्ट्रिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। घरहरु जोडिएको र पेट्रोल पम्पसमेत नजिकै रहेको स्थानमा भएको आगजनी नियन्त्रणका लागि जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, शसस्त्र प्रहरी गणका प्रमुख प्रहरी नायव उपरिक्षक उत्तम पुडासैनी तथा जवरजंग गणवाट सेनाको टोली आगजनीस्थलमा पुगेका थिए। 

ट्रसमा रहेका दुई वटा पसल र त्यसभित्र रहेका सम्पूर्ण सामान पूर्ण रुपमा नष्ट भएको छ। सुख्खा याममा आगजनी हुन नदिन विद्युत तथा अन्य प्रज्वलनशिल पदार्थको आवश्यक र उचित प्रयोग मात्र गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.