आयल निगमले किन्यो बिजुली कार

आयल निगमले किन्यो बिजुली कार
फाइल तस्बिर।
सुन्नुहोस्

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था गर्न एकाधिकार पाएको सरकारी संस्थान हो। निगमले प्रतिगोटा ५९ लाख रुपैयाँका दरले गाडी खरिद गरेको हो।

काठमाडौं : देशभर पेट्रोलियम पदार्थको आपूर्तिको जिम्मा पाएको संस्थान नेपाल आयल निगमले विद्युतीय कार खरिद गरेको छ। इन्धन बेचेर नाफा आर्जन गर्ने संस्थानले बीवाईडीको बिजुली कार किनेको हो।

नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले निगमलाई तीन वटा ‘अल न्यु ई सिक्स’ गाडी हस्तान्तरण गरेको हो। नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरूप ई सिक्सको खरिद प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। ‘शून्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका विद्युतीय सवारीसाधन धेरै नै प्रभावकारी र वातावरण मैत्री छन्,’ उनले भने, ‘पेट्रोलियम पदार्थ बेचेर नाफा गर्ने संस्थाले विद्युतीय कार किनेर सकारात्मक सन्देश प्रवाह गर्न खोजेका छौं।’

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था गर्न एकाधिकार पाएको सरकारी संस्थान हो। निगमले प्रतिगोटा ५९ लाख रुपैयाँका दरले गाडी खरिद गरेको हो।

विद्युतीय कार बेच्न आवेदन माग गरिएकामा सबैभन्दा कम मूल्यमा बेच्न बीवाईडी तयार भएको उपाध्यायले बताए। ‘अबौं रुपैयाँ मुद्रा विदेश पठाउनुभन्दा स्वदेशमै उत्पादन हुँदै आएको विद्युतीय ऊर्जाको प्रबद्र्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उपाध्यायले भने, 

‘तेल बेचेर नाफा कमाउने संस्था आफैंले बिजुली कार किन्नु नौलो विषय हुन सक्छ।’

शून्य उत्सर्जन र कम सञ्चालन खर्चका गाडी चढेर प्रतिलिटर दुई सय रुपैयाँ नजिकको पेट्रोल जोगाउने उद्देश्य रहेको उनको भनाइ छ। उपाध्यायले दिगोपनाका लागि प्रतिबद्घता अनुरूप इलेक्ट्रिक सवारी साधनहरूमा गरिएको लगानीमा निगमलाई गर्व महसुस भएको बताए। ‘हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारीसाधन यातायातको भविष्य हुन्,’ उनले भने, ‘आउने दिनमा हाम्रा सवारीसाधनलाई इलेक्ट्रिकमा रूपान्तरण गर्ने अवसरको खोजीमा छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.