अर्घाखाँचीमा अर्गानिक कफी खेती

अर्घाखाँचीमा अर्गानिक कफी खेती
अर्घाखाँचीका किसानहरूले गरेको सामूहिक कफी खेती।  अन्नपूर्ण
सुन्नुहोस्

सन्धिखर्क : अन्तर्राष्ट्रियमा बजारको सुनिश्चितता, मनग्य आम्दानी  र सजिलैसँग खेती गर्न सकिने भएपछि अर्घाखाँचीका कृषकहरू कफी खेतीमा आकर्षित भएका छन्। 

शीतगंगा नगरपालिका–३ खसर्काका महिलाहरू जनजागृति महलिा कफी कृषक समूह बनाएरै व्यावसायिक कफी खेतीमा लागेका हुन्। कफीको माग बढिरहेपछि समूहमा रहेका २० महिलाहरू व्यावसायिक कफी खेतीमा लागेका हुन्। कफीखेतीबाट आम्दानी पनि कनग्य हुने गरेको कफी महिला समूहकी अध्यक्ष मीना भुसालले बताइन्। 

‘खसर्का गाउँमा मात्रै ८० रोपनीभन्दा बढी क्षेत्रफलमा कफी खेती रहेको र यसलाई बढाएर १ सय ५० रोपनीमा पुर्‍याउन समूहका महिलाहरू लागि परेका छन्’, भुसालले भनिन्। उनले वार्षिक २० क्विन्टल पार्चमेन्ट कफी बाहिर पठाउने लक्ष्य र्लिएको बताइन्। 

मकै खेती, गहुँ खेती गर्ने बारीमा अहिले महिलाहरूले कफी लगाएको स्थानीय महिला दुर्पता न्यौपानेले बताइन्। अरू खेतीमा भन्दा कफी खेतीमा आम्दानी बढी हुने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ। 

शीतगंगा ३ ठाडाका मित्रलाल बेल्वासेले २ सय रोपनी जग्गामा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन्। भारतमा रोजगारी गर्दै आएका उनी गाउँमै केही गर्न सकिन्छ भन्ने मान्यताका फर्किएर ठाडा र जुकेनामा जग्गा किनरै कफी खेतीमा लागेका छन्। पाँच हजार कफीका विरुवा यस वर्ष पनि थप्ने योजना रहेको उनको भनाइ छ। रोजगारीको लागि पहाड छाडेर तराई झरेका युवाहरूलाई पनि उनले गाउँमै केही गर्न सुझाब दिएका छन। आफ्नो कृषि फर्म र कफी खेतीमा गरी ८ जनालाई रोजगारी दिएको उनको भनाइ छ। 

अर्घाखाँचीमा ०५८ सालदेखि कफी व्यवसायी संघ स्थापना गरी, व्यावसायिक रूपमा व्यवसाय सुरु गरिएको थियो। अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए।

८ सय मिटरदेखि १६ सय मिटरसम्मको उचाइमा उत्पादन भएको कफी विश्वमा सबैभन्दा स्वादिलो मानिन्छ। यो वातावरण अर्घाखाँचीमा उपयुक्त छ। ‘जिल्लामा उत्पादन भएको कफीको विदेशमा अर्गानिक कफी भएकाले माग बढी छ’, परियोजनाका प्रमुख पाण्डेले भने। 

अर्गानिक कफी उत्पादन गर्ने कृषकलाइ लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशतदेखि ८५ प्रतिशत अनुदानका कार्यक्रमहरू सञ्चालन गरेको छ। कृषकहरूलाई विरुवा अनुदान, नर्सरी ब्यबस्थापन, सिँचाइ टंकी निर्माण लगायतका कार्य तथा प्राविधिक रूपमा सहयोग परियोजनाले गर्दै आएको छ। अर्घाखाँची जिल्ला भरमा ४५ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ। यस वर्ष २८ देखि ३० हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुन्छ। धन्नै १८ हेक्टर क्षेत्रफलमा कफीका विरुवाहरू हुर्किराखेको छ। कृषकहरूले कफी संकलन गर्ने र प्रशोधन गरेर काठमाडौंमा रहेका व्यपारीहरूसँग सम्पर्क गरेपछि काठमाडांैका व्यपारीले युरोप, अमेरिका, कोरिया, जापान लगायतका देशमा निर्यात गर्ने गरेक छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.