नुवाकोटका वनमा डढेंलो
नुवाकोट: सुख्खायाम सुरु भएसँगै नुवाकोटका जंगलमा डढेंलो बढ्न थालेको छ।
३३ वन क्षेत्रमा डढेलो लागेको पुष्टि भएको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले बताए। डढेलोले रुख, वुट्यान, जंगली जनावरका साथै चराचुरुङ्गी क्षति हुने गरेको छ।
डढेलाले नियन्त्रण गर्न र क्षति हुन नदिन आवस्यक कार्य भइरहेको कोइरालाले बताए। उनका अनुसार जंगलमा डढेलो सुरक्षा गर्न १० जना हरित स्वंसेवक नियुक्त गरेर आवस्यक कार्य भइरहेको बताए।
अधिकृत कोइरालाका अनुसार डढेलो नियन्त्रणका लागि कम्तिमा २० जना हरित स्वंसेवक नियुक्त गरेर सवारीसाधनसहित गस्ती गराउन सकियो भने नियन्त्रण प्रभावकारी हुन्छ।
वनले करारमा अग्नि नियन्त्रकको नाममा १० जना कर्मचारीलाई आगामी असारसम्मका लागि पाँच महिनाको नियुक्ति दिएर राख्ने गरेको छ।
सुक्खायाम लागेसँगै वनभित्रको सुकेको पत्कर सफा गर्ने, वन प्रवेशमा कडाइ गर्ने र सलाई–लाइटरजस्ता वस्तु नलैजान सर्वसाधारणलाई आग्रह गरिएको सहायक वन अधिकृत राजकुमार यादवले बताए।





प्रतिक्रिया दिनुहोस !