स्ववियु निर्वाचन : डडेल्धुरा बहुमुखी क्याम्पसमा ४७० मत खस्यो
डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचनअन्तर्गत अहिलेसम्म ४७० जनाले मतदान गरेका छन् । आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। क्याम्पसमा ७ सय ९८ मतदाता रहेका छन् । समाचार तयारपार्दासम्म प्रत्यक्षतर्फ ४७० र समानुपातिकमा ४६६ विद्यार्थी मतदान गरेको निर्वाचन समितिका कर्मचारी मोहन रावलले जानकारी दिए।
स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा छन् । नेपाल विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ (बीपी) प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।
नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट,संयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ (बीपी)का मदनबहादुर बोहरा र अखिलबाट गणेशबहादुर क्षेत्रीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृत भुवनेश्वर पनेरुका अनुसार आज ४ बजेसम्म मतदान हुने समय तालिका रहेको छ।