इलामको तुम्लिङमा दीगो पर्यटन महोत्सव

इलामको तुम्लिङमा दीगो पर्यटन महोत्सव
महोत्सवमा कला प्रस्तुति गर्दै कलाकार । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तुम्लिङ : पूर्वी इलामको माइजोगमाई गाउँपालिका २ मा अवस्थित पर्यटकीय गन्तव्य तुम्लिङमा तीन दिने ‘दीगो कञ्चनजंघ पर्यटन महोत्सव २०२३’ सम्पन्न भएको छ । सीमापार पर्यटन प्रबद्र्धन गर्ने उद्धेस्यले दुई हजार ९  सय ७० मिटर उचाई महोत्सव आयोजना गरिएको हो ।  

नेपाल–भारतको सीमाक्षेत्रमा अवस्थित तुम्लिङमा पर्यटनको दीगो विकासका लागि सीमापार पर्यटन प्रबद्र्धनको विषयमा पहिलोपटक महोत्सवको आयोजना गरिएको हो । माइजोगमाई गाँउपालिका, नेपाल पर्यटन बोर्ड, नमोबुद्ध समाज र पर्यटन संरक्षणका लागि परिसंघ एक्टको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवको संयोजन नमोबुद्ध समाजी केशरु गुरुङले गरेकी हुन् । 

महोत्सवमा भारतसँग सीमाना जोडिएका नेपाल तर्फका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेपाल र भारतका पर्यटन व्यवसायी, पत्रकार र सारोकारवालहरुको सहभागिता रहेको थियो । सीमा क्षेत्रका पर्यटकीय गतव्यहरुको प्रचार प्रसार गर्ने उद्धेस्यले आयोजित महोत्सवको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । 

null

महोत्सवमा इतिहासबिद  युद्ध प्रसाद बैद्य, भारतको पश्चिम बंगाल सरकारका इको टुरिजम बिभाग अध्यक्ष राज बसु, नेपाली काँग्रेस पाँचथरका निबर्तमा सभापति नरेन्द्रकुमार केरुङ, सिक्किमकी पर्यटन अभियन्ता डा. सरला खालिङ, फालेलुङ गाँउपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङ, केचना कञ्चनजंघा  पर्यटन बिकास समितिका कार्यकारी निर्देशक केशब कुमार धौराली लगायतले सीमापार पर्यटन प्रबद्र्धनको बारेरमा धारणा राखेका थिए । 

कार्यक्रममा बोल्ने अधिकांशले प्रकृतिको संरक्षण गरेर मात्र पर्यटनको दीगो बिकास गर्न सकिने धारणा राखे । ‘जैविक विविधताको संरक्षण गर्दै सीमाक्षेत्रमा भौतिक विकास गर्न आवश्यक छ,’ कार्यक्रममा बोल्दै इतिहाँसबिद बैद्यले भने ‘हामीले प्रकृतिको संरक्षण गर्दै पर्यटनमैत्री विकासमा जोड दिनुपर्छ ।’ बैद्ययले विकास निर्माणको नाममा प्रकृतिलाई कुरुप बनाएको भन्दै चिन्ता व्यक्त गरे । 

ट्रेकिङ रुट र सांस्कृतिक परिकारहरूको संरक्षण गरेर ग्रामीण पर्यटनको विकास गर्न सकिने राज बसुले तर्क गरे । ‘यहाँको मौलिकताको संरक्षण गरेर मात्र पर्यटनको विकास गर्न सकिन्छ,’ राज बसुले भने ‘विगतलाई बिर्सेर पर्यटन प्रबद्र्धन गर्न सकिन्न । यहाँको पर्यटनको बिकास गर्न चौरी गोठालाहरुको योगदानलाई बिर्सन हुन्न ।’ 

महोत्सवको पहिलो दिन याक र सिंह नृत्य समेत प्रदर्शन गरिएको थियो ।  महोत्सवको दोस्रो दिन इलामका संघीय सांसद महेश बस्नेत, राज बसुलगायतले धारणा राखेका थिए । नेपाल भारत सीमा क्षेत्रको पर्यटनमा आएका समस्या र तिनको समाधानको उपायबारे छलफल भएको थियो । सीमाक्षेत्रमा दीगो पर्यटन प्रबद्र्धनका लागि दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्नेमा  सहभागिले जोड जिएका थिए । उक्त अवसरमा फोहोरमैला व्यवस्थापन र प्रकृति संरक्षणको विषयमा समेत छलफल भएको थियो । 

महोत्सवमा सहभागिहरुले मानेभञ्ज्याङदेखि सन्दकपुर, चारराते, फालोट र चिवभञ्ज्याङहुँदै कञ्चनजंघा बेस क्याम्पसम्मको ट्रयाकिङ मार्गको संरक्षण र बिकास गर्नुपर्नेमा जोड दिएका थिए । 

तीन दिनसम्म सञ्चालन भएको महोत्सव माईजोगमाई गाँउपालिकाका अध्यक्ष कुस बहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतिकुल मौसमका बावजुद महोत्सवमा नेपाल र भारतका पर्यटन अभियन्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.