गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : स्थानीय तहका जानु भनेको जनताको सेवा गर्न हो। तर, निर्वाचिन भएका जनप्रतिनिधि जनताको सेवाभन्दा सम्पत्ति कमाउनमै व्यस्त देखिएका छन्। एउटा गाउँपालिका अध्यक्षले नै ५ वर्षमा झण्डै १ करोड अकुत सम्पत्ति कमाएको भेटिएको छ। 

रुपन्देहीको मर्चबारी गाउँपालिकाका निवर्तमान अध्यक्ष केशवनन्द बनियाँले ५ वर्षमा ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा अकुत सम्पत्ति आर्जन गरेको तथ्य बाहिर आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनियाँविरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

बानियाँ १४ असार २०७४ मा पालिकाध्यक्षमा निर्वाचित भएका थिए। २०७९ वैशाख ९ मा उनको पद सकियो। बानियाँविरुद्ध अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले बताए। जनताको सेवा गर्न गएका उनले विभिन्न क्षेत्रमा लगानी गरेको देखिन्छ। 

यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ। यसमा छोराहरूको अध्ययनमा गरेको खर्चदेखि घर निर्माणमा खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्र्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दातसमेत समावेश छ। जसमा पारिश्रमिक, बैठक भत्ता, ट्र्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिएबापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ।

बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारको अनुसन्धानमा पाइएको छ। बनियाँ र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गालगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरूको नाममा जोडेको देखिएकाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका आरोपपत्रमा उल्लेख छ। 

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम २ वर्षसम्म कैद र बिगोबमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफत गर्न माग दाबी गरेको छ। साथै बनियाँका छोरा पंकज कान्दुको नाममा खरिद गरिएको जग्गाका साथै घर, सवारीसाधनका साथै बैंकहरूमा समेत रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.