संस्कृति सम्वर्द्धन र समाज विकासको क्षेत्रमा योगदान पुर्‍याउने पाँच जनालाई सम्मान

संस्कृति सम्वर्द्धन र समाज विकासको क्षेत्रमा योगदान पुर्‍याउने पाँच जनालाई सम्मान
सुन्नुहोस्

विराटनगर : मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वर्द्धन र समाज विकासको क्षेत्रमा योगदान पुर्‍याएका पाँच जना व्यक्तिलाई सम्मान गरेको छ।

विराटनगरमा शनिबार संघले नगद पुरस्कारसहित उनीहरूलाई सम्मान गरेको हो। 

मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पुर्‍याएको विषयको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो। 

सम्मानित हुनेमा साहित्यकार धिरेन्द्र प्रेमर्षि, गायक रामा मण्डल, सहिद दिनदयाल मण्डलको परिवार, लेखिका कुमारी श्रेया र पत्रकार ब्रम्हदेव यादव रहेका छन्। 

उनीहरूलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र मैथिल सञ्चारकर्मी संघका अध्यक्ष नवीन कर्णसहित पुरस्कारका संस्थापकहरूले सम्मान गरेका छन्।

साहित्यकार प्रेमर्षिलाई २१ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित ‘इन्द्र मिथिला गौरव सम्मान–२०७९’ प्रदान गरिएको छ। 

गायक रामा मण्डललाई ११ हजार १११ रुपैयाँ राशीको भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चद्वारा स्थापित ‘उज्जवल नक्षत्र मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ। 

सञ्चारकर्मी संघले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मोरङको जहदा गाउँपालिका-६ का दीनदयाल मण्डलको परिवारलाई समेत सम्मान गरेको छ। 

सहिद मण्डलको परिवारलाई भने संघले ७ हजार १५१ रुपैयाँ राशीको ‘रघुनाथ प्रसाद गुप्ता स्वतन्त्रता सेनानी स्मृति पुरस्कार’ प्रदान गरेको छ। 

पत्रकार ब्रम्हदेव यादव र लेखिका कुमारी श्रेयालाई पनि सम्मान गरिएको छ। यादव र श्रेयालाई जनही ५ हजार १५१ रुपैयाँ नगदसहित ‘रामपरीदेवी पत्रकारिता पुरस्कार’ र ‘कौशल्या मुसहरू स्मृति पुरस्कार’ ले सम्मान गरिएको छ। 

पत्रकार यादवलाई पछिल्लो दुई दशकदेखि पत्रकारिता क्षेत्रको माध्यमबाट मैथिल संस्कृतिको विकासमा योगदान पुर्‍याउँदै आएको विषयको कदर गर्दै सम्मान गरिएको सञ्चारकर्मी संघले जनाएको छ। 

संघका अनुसार श्रेयालाई भने मैथिली तथा नेपाली भाषाको लेखन क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको विषयको कदर गर्दै सम्मान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.