साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

ताप्लेजुङ : ताप्लेजुङमा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो।

घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलिले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि दोभान ईलाका प्रहरी कार्यालयको टोली खटिसकेको प्रहरी निरीक्षक कार्कीले बताए। कानुनी प्रक्रिया पूरा गरि शवलाई पोष्टमार्टमको लागि सदरमुकाम ल्याइनेछ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.