बागमती प्रदेशमा एक लाखले एसइई परीक्षा दिँदै

बागमती प्रदेशमा एक लाखले एसइई परीक्षा दिँदै
फाइल तस्बिर
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन्।

गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए।
 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा शुक्रबारदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिए। 

बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पुर्‍याउनेलगायतका काम भइसकेको उनले बताए।

यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ। यो वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ३६ हजार पाँच सय ७७ र सबैभन्दा कम रसुवा जिल्लाबाट छ सय २८ विद्यार्थीले परीक्षा दिने भएका छन्।

निर्देशनालयका अनुसार काठमाडौंमा एक सय २३ र रसुवामा पाँचवटा परीक्षा केन्द्र तोकिएको छ। शान्तिपूर्णरूपमा परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको तथा परीक्षा तालिकाअनुसार भोलि चैत १७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने निर्देशनालयका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए। 

प्रश्नपत्र नजिकको प्रहरी चौकी र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुर्‍याउने काम भइसकेको तथा सुरक्षाको व्यवस्थासमेत भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.