डलर साट्ने बहानामा ३० लाख बढि लुटपाट, सिन्धुपाल्चोकका तामाङ भक्तपुरमा पक्राउ
काठमाडौं : उपत्यकाको विभिन्न स्थानमा डलर साट्ने बहानामा ३० लाख बढि रकम लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर २ कर्थलि हाल भक्तपुर बालकोट बस्ने भीमबहादुर तामाङ हुन्। उनको साथबाट केही अमेरिकी डलर र मोबाइल समेत बरामद गरेको छ।
उनले भक्तपुरको दधिकोटबाट १९ लाख,ललितपुर चाँगाथलीबाट २ लाख,ललितपुर सानोगाउँबाट ४ लाख र भक्तपुर बालकोटाबाट ५ लाख गरी कूल ३० लाख ५० हजार रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ
तामाङले ठगी गरेको रकमले ऋण तिरेको र मोटरसाइकल खरिद समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
तामाङलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ। यसअघि पनि नक्कली सुन देखाइ ५ लाख ठगी गरेको आरोपमा तामाङविरुद्ध ठगी मुद्दा समेत चलेको थियो।
प्रतिक्रिया दिनुहोस !