एसईईमा ५१ परीक्षार्थी अनुपस्थित
नुवाकोट : माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबार नुवाकोटमा ५१ जना परीक्षार्थी अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा २६ जना छात्रा रहेका छन्।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो। जिल्लामा २४ परीक्षा केन्द्रमा चार हजार दुई सय ९७ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा ५१ जना अनुपस्थित भएका हुन्।
पहिलो दिन जिल्लाका सबै केन्द्रहरूमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको शिक्षा विकास इकाई नुवाकोटका प्रमुख देवकुमार बरालले जानकारी दिए।