नुवाकोट टाटासुमो दुर्घटना, मृतकको संख्या ३ पुग्यो

नुवाकोट टाटासुमो दुर्घटना, मृतकको संख्या ३ पुग्यो
सुन्नुहोस्

टाटासुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।

नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ सानोगोल्फुमा शुक्रबार टाटा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३  पुगेको छ। साथै अन्य १० जना घाइते भएका छन्।

टाटासुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।  

दुर्घटनामा मृत्यु हुनेमा दुप्चेश्वर ४ की १६ वर्षीया मनमाया तामाङ र सोही स्थानका २४ वर्षीय छिरिङ तामाङको घटनास्लमै ज्यान गएको एसपि पण्डितले बताए। काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा दुप्चेश्वर ७ की ४५ वर्षीया सानुकान्छी तामाङको शुक्रबार राती ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ। 

दुई नाबालकसहित १२ जना यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेको उद्धार गरी खरानीटार अस्पताल तथा काठमाडौंतर्फ लगिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा टाटा सुमोका चालक दुप्चेश्वर ४ कै ३० वर्षीय लाक्पा तामाङ गम्भीर घाइते भएका छन् भने अन्य यात्रु दुप्चेश्वर ७ का ३७ वर्षीय शेरबहादुर तामाङ, १२ वर्षीया डोल्मा तामाङ, २३ वर्षीयकुमार तामाङ, २३ वर्षीया नीरमाया तामाङ उनकी १४ महिनाकी छोरी सुप्रिना तामाङ, २४ वर्षीया अन्जु तामाङ, २६ वर्षीय टेकवहादुर तामाङ र २० वर्षीय सुनबहादुर तामाङ घाइते भएका छन्।   

दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ। 

null
 
उपचाररत घाइतेहरुको अवस्था बुझ्न नवनियुक्त अर्थमन्त्रि डा. प्रकाशशरण महत र पूर्वमन्त्री तथा नुवाकोट १ का प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ शुक्रबार राती नै अस्पताल पुगेका थिए। 

काठमाडौंस्थित ट्रमा सेन्टर पुगेर नवनियुक्त अर्थमन्त्रि डा. प्रकाशशरण महतले घाइतेहरुसँग भेट गरेका हुन्। उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कमी नगर्न  निर्देशन दिएका छन्। 

पूर्वमन्त्रि तथा सांसद हितबहादुर तामाङ पनि ट्रमा सेन्टर पुगेर घाइते भेटेका छन्। उनले सडक सुरक्षामा प्रभावकारी कार्य गर्नु पर्ने माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.