बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न पुगेका मिटरब्याज पीडितहरुले आफ्नो समस्या राख्दा भक्कानिएका हुन्।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न पुगेका मिटरब्याज पीडित भक्कानिएका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गर्न पुगेका मिटरब्याज पीडितहरुले आफ्नो समस्या राख्दा भक्कानिएका हुन्। 

प्रधानमन्त्रीलाई समस्या सुनाउँदा पीडितहरुले आँसु पुछिरहेका थिए। सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब सय जना निमुखा नागरिक ऋणको गलपासो बनेपछि आफूहरुलाई न्याय दिन प्रचण्डलाई भेटेर याचना गरेका छन्।nullसरकारी वार्ता टोलीसँग पटक-पटक गरिएको सहमति कार्यान्वयन नभएको बताउँदै उनीहरुले यस पटक माग पूरा नभई नफर्कने स्पष्ट पारे। 

उनीहरुले आफूहरु प्रतिनिधिमात्र भएको र गाउँमा सबैको पीडा उस्तै रहेको जानकारी गराएका छन्। तमसुक व्यवस्था खारिज गर्नुपर्ने, मिटरब्याज पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग पीडितहरूले सरकार समक्ष राखेका छन्।null

साहुहरूले हडपेको जग्गा पीडितलाई फिर्ता गर्नुपर्ने, पीडक साहुकारमाथि सहज ढंगले मुद्दा दर्ता गर्न पाउनुपर्नेलगायत अदालतले पीडितहरूलाई जारी गरेको पक्राउ पूर्जी सरकारले समस्याको छानबिन नगरेसम्म कार्यान्वयन रोक्नुपर्ने माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ। 

त्यसैगरी, नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित ससम्मान रिहा गर्नुपर्ने, बैंकबाट ऋण सहज र सरल व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। null

जवाफमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन्। उनले कानुन बनाएर दीर्घकालीन समस्या समाधान गर्न आफू गम्भीर रहेको धारणा राखे। nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.