पर्यवेक्षण गर्न चाहने संस्थालाई निवेदन दिन आयोगको आह्वान
काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन गरी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो ।
आयोगले ७ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा उल्लेख छ। चितवन-२, तनहुँ -१ र बारा -२ को उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस !