सिन्दुर हालेर मनाइयो ‘सिन्दुरे जात्रा’
नुवाकोट : पाँच सय वर्षभन्दा पुरानो नुवाकोटको ऐतिहासिक क्षेत्र भैरवीमा बैशाख पूर्णिमाको विशेष अवसरमा सञ्चालित सिन्दुरे जात्रा मनाइएको छ। लामो अवधिको सो जात्रा विशेष रूपमा मनाइने गरिएको छ।
लामो दूरीको रथ यात्रा गरिने सिन्दुरे डेढ महिनासम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रूपमा लाग्ने गरेको छ।
नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई विजयको प्रतीक स्वरूप सिन्दुर हालेर शनिबार जात्रा मनाइएको हो।
जात्रामा नुवाकोटका साथै रसुवा, धादिङ, काठमाडौं लगायतका जिल्लाका हजारौं भक्तजनहरूको सहभागिता रहेको थियो। यस पटक तिथिका कारण सिन्दुरे जात्रा एकै वर्ष दुई पटक भएको छ।
गत वैशाख ५ गते पनि सोही जात्रा गरिएको थियो। यस पटक तिथिका कारण सो जात्रा चैत्र २५ गते पनि मनाइएको छ।
नुवाकोटको सबैभन्दा ठूलो यस मेला चैत शुक्ल द्वितीयाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र गुहृय पाटी अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ। द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन्।
प्रतिक्रिया दिनुहोस !