क्यान्सर पीडित बालबालिकाको उपचारका लागि ‘च्यारिटी इभेन्ट’

क्यान्सर पीडित बालबालिकाको उपचारका लागि ‘च्यारिटी इभेन्ट’

विराटनगर : क्यान्सर पीडित बालबालिकाहरुको उपचारमा सहयोग पुर्‍याउन मोरङको बुढीगंगामा आउँदो बैशाख १ गते ‘च्यारिटी इभेन्ट’ हुने भएको छ।

रेवन्त रुक्मणी मेमोरियल फाउण्डेशनद्वारा स्थापित बालबालिका क्यान्सर कोषमा सहयोग जुटाउन च्यारिटीको रुपमा साङ्गितिक कार्यक्रम हुने भएको हो। नयाँ बर्ष २०८० को अवसर पारेर बुढीगंगा-२ स्थित विराट शिक्षण अस्पतालको मैदानमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

विराट शिक्षण अस्पताल अन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक ‘ब्लु स्काई इभेन्टस’ ले कार्यक्रमबारे जानकारी दिएको छ। कार्यक्रमबाट संकलित सम्पूर्ण रकम क्यान्सर रोगसँग लडिरहेका बालबालिकाको उपचारमा खर्च हुने आयोजक संस्थाका सह-संस्थापक एवम् विराट ग्रुपका भाइस चेयरमेन डा. निकिता कार्कीले बताए । पैसाको अभावमा उचित उपचारबाट बञ्चित भएका बालबालिकालाई सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए।

‘विराट क्यान्सर इन्स्टिच्युट स्थापना गरेर हामीले क्यान्सर रोगको सम्पूर्ण उपचार सुरु गरिसकेका छौं। तर, उपचारमा मुख्य कठिनाई बालबालिकाको क्षेत्रमा छ। पैसा नभएर धेरैले उपचार पाउन सकेका छैनन,’ उनले भने, ‘सोही अवस्थालाई दृष्टिगत गर्दै कोषमा सहयोग बापतको केही रकम जुटाउन हामीले यो पहल गरेका हौं। काठमाण्डौं बाहिर हामीले पहिलोपटक यस प्रकृतिको कार्यक्रम आयोजना गर्दैछौं।’

चैत्र दोश्रो सातादेखि क्यान्सरको सम्पूर्ण उपचार सुरु गरेको अस्पतालमा हाल १२ जनाले रेडिएशन सेवा लिईरहेका छन्। पछिल्लो १ वर्षमा हजार बढी सेवाग्राहीले किमोथेरापी सम्बन्धी सेवा प्राप्त गरेका छन्। स्थानीयस्तरमै क्यान्सरको सम्पूर्ण उपचार सम्भव भएपछि सेवाग्राहीको बाहिर जानुपर्ने अवस्थाको अन्त्य समेत भएको छ। सरकारले पनि सहुलियत दिने भएपछि सेवाग्राहीलाई केही हदसम्म सहजता थपिएको छ। तर, त्यो पर्याप्त छैन्। 

क्यान्सर रोगको उपचारमा सरकारले दिने १ लाखसम्मको सहुलियत पर्याप्त नभएकाले पनि नीजि क्षेत्रबाट पहल गर्नुपरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार क्यान्सर रोगको सामान्य उपचारमा पनि १० देखि १५ लाख रुपैयाँसम्म खर्च हुन्छ । किमोदेखि रेडिएशन थेरापीसम्म आईपुग्दा निम्नवर्गीय परिवारले समेत उपचार खर्च धान्न सक्दैैनन् । सोही बिषयलाई मध्यनजर गर्दै च्यारिटीका लागि कार्यक्रम आयोजना गर्न लागिएको विराट शिक्षण अस्पतालका कम्युनिकेशन एण्ड मार्केटिङ डायरेक्टर तथा ब्लू स्काई इभेन्टस्का सह–संस्थापक आभाष श्रेष्ठले बताए ।

कार्यक्रममा ‘द स्मृति ब्याण्ड’, ‘श्रीषा ब्याण्ड’ र काठमाण्डौंको ‘डिजे एलएक्स’ को प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रम १ हजारभन्दा बढी दर्शकको सहभागिता रहने छ। कार्यक्रमका लागि हाल टिकट बिक्री धमाधम भईरहेको जनाईएको छ । रु. ३ सय, ५ सय, १ हजार ५००, २० हजार र ४० हजारको दरले टिकट बिक्री भईरहेको संस्थाका सह-संस्थापक श्रेष्ठले बताए। हालसम्म ८० प्रतिशत टिकट बिक्री भईसकेको उनले जानकारी दिए। उनले भने, ‘हाम्रो क्षमता १ हजार जनाको हो। टिकट पनि सोही अनुरुप बिक्री भईरहेको छ। अब भने प्रिमियम टिकटहरु मात्र बाँकी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.