सामुदायिक विद्यालयबाट कुनै पनि शुल्क नलिन महानगरको आग्रह

सामुदायिक विद्यालयबाट कुनै पनि शुल्क नलिन महानगरको आग्रह
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ। 

महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली २०७९ (नवौँ संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यर्थीबाट नियम १५२ बमोजिमका नियम १४६ (१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था भएको जानकारी गराएका छन्। 

यसैगरी शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपय विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै विभागमा गुनासो आएको हुँदा कुनै पनि शुल्क नलिन महानगरले आग्रह गरेको छ। 

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिनेसमेत महानगरले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.