पोखरामा सुरू भयो कृषि एम्बुलेन्स  : गाउँको उत्पादन ताजै अवस्थामा उपभोक्ता माझ पुर्‍याइने

पोखरामा सुरू भयो कृषि एम्बुलेन्स  : गाउँको उत्पादन ताजै अवस्थामा उपभोक्ता माझ पुर्‍याइने
पोखरामा शुक्रबारदेखि सुरु भएको कृषि एम्बुलेन्स । तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

पोखरा : पर्यटकीय सहर पोखराका ग्रामिण क्षेत्रको कृषि उत्पादन ताजा अवस्थामै उपभोक्ता माझ पुर्‍याउने गरी कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । पोखराको बिरौटास्थित कृषि बजारमा शुक्रबार एक कार्यक्रमकाबीच कृषि एम्बुलेन्सको सुरुवात गरिएको हो । 

कृषि एम्बुलेन्स सेवाले ग्रामिण क्षेत्रका किसानले डोकोमा बोकेर बजार सम्म ल्याउदा खर्च हुने समय,मेहनत कृषिमै लगाउन सहयोगी हुने साना किसान सहकारी संस्था पोखरा ३३ का अध्यक्ष रामजी प्रसाद अधिकारीले बताए ।

अहिले सिकानले उत्पादन गरेका सागसब्जी,फलफूल बजार सम्म ल्याउँदा ओइल्याउने बिग्रने समस्या हुँद आएकोमा कुलर सहितको एम्बुलेन्स सेवाले ताजा तरकारी तथा फलफूल उपभोक्ताले उपभोग गर्न पाउने पनि उनले विश्वास गरे । 

गाउँबाट डोकोमा तरकारी बोकेर दैनिक सहर झर्नु पर्ने हामी जस्ता किसानलाई कृषि एम्बुलेन्स सुरु हुने खबरले निकै खुशी बनाएको कृषि सञ्जाल पोखरा २२ की कोषाध्यक्ष कल्पना बरालले सुनाइन् । तरकारी तथा फलफूल मात्र होइन तरकारीका बेर्ना,फलफूलका बेर्ना गाउँ सम्म लग्न र गाउँबाट बजार ल्याउन पनि कृषि एम्बुलेन्स सहयोगी हुने उनले विश्वास गरिन । 

गाउँघरमा उत्पादन भएका तरकारी तथा फलफूलले बजार नपाउने तर पोखरामा ठूलो परिमाणमा तरकारी तथा फलफूल भारतबाट भित्रने अवस्था अहिले छ । गाउँको उत्पादन सहज रुपमा उपभोक्ता सम्म पुर्‍याउने गरी सुरु हुनलागेको कृषि एम्बुलेन्सबाट किसानलाई व्यवसायिक रुपमा कृषि उत्पादन गर्न प्रेणा मिल्ने एग्रो टुरिजम सहकारी संस्था लिमिटेड पोखरा ३३ का अध्यक्ष डिल्लीराम बरालले सुनाए । 

पोखरा महानगरपालिका, संघीय सरकार, कोरियन सरकार (कोइका) युएनडिपीको साझेदारीमा ३६ लाख लगानीमा पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । ग्रामिण क्षेत्रमा उत्पादन भएका तरकारी तथा फलफूल बजार सम्म ल्याउने गरी माइनस १५ डिग्री सम्म चिस्यान हुने रिफर (कुलर) भ्यान संचालनमा आएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । यो सुविधा संगै गाउँमा व्यवसायिक रुपमा कृषि उत्पादन हुने पनि उनले विश्वास गरे । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसान र उपभोक्ताको हितकालागि कृषि एम्बुलेन्स संचालनमा ल्याएको बताए । ग्रामिण क्षेत्रका कृषि उत्पादनले अब बजार नपाउने अवस्था अब नहुने उनले बताए । तपाईंहरू सकेको उत्पादन बढाउनुहोस् आवश्यक्ता अनुसार हामी कृषि एम्बुलेन्सबाट तपाईंहरूले उत्पादन गरेको तरकारी तथा फलफूल बजार सम्म ल्याएर उपभोक्ताकोमा पुर्‍याउँछौं मेयर आचार्यले विश्वास दिलाए । 

गाउँगाउँमा सडक सञ्जाल पुगेपछि गाउँको उत्पादन बजार झर्नु पर्नेमा सहरबाटै तरकारी तथा फफूल मात्र होइन खाद्यान्न पनि गाउँ उक्लने गरेको छ । युवा विदेशीनु,छोराछोरीको उच्च शिक्षाकालागि भन्दै देशमै भएका युवा पनि सहर पस्ने क्रम बढेसँगै पहिले गाउँमा खेती किसान हुँदै आएका जमिन बाँझो पन बढेको ग्रामिण क्षेत्रका किसानले बताएका छन् । 

सहरका कृषि भूमी कंक्रिट जंगलमा परिणत हुँदै जाने र गाउँका जमिन बाँझै रहने यो समस्या राज्यले गाउँमै सेवा सुविधा दिने गरी सम्बोधान गर्नु पर्ने किसानको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.