चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ।

चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आइतबार एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको चैत २० गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृत्तिका लागि निवेदन आह्वान गरेको हो।

सो नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को परिच्छेद–४ दफा ७ को उपदफा ३ को ३४ प्रतिशत नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो।

छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा वैशाख १८ गतेसम्म बुझाउन अनुरोध गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.