आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।
दाङ : दाङ तुलसीपुरमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आइतबार बेलुका ८:३५ बजेतिर आफैँले आफैँलाई गोली हानेका हुन्।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए। केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए।
४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत केसी गृहनगर तुलसीपुरमा आएको केही दिनमै आफैँलाई किन गोली हाने भन्नेबारे अनुसन्धान हुन बाँकी नै रहेको डीएसपी मल्लले बताए।
प्रतिक्रिया दिनुहोस !
