बलात्कारको घटनाका ६ आरोपी पक्राउ

बलात्कारको घटनाका ६ आरोपी पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटका विभिन्न स्थानमा बलात्कारका दुई छुट्टाछुट्टै घटना भएका छन्। बलात्कारको कसुरमा ६ जना पक्राउ परेका छन्। 

किस्पाङको सुकुटे खोलामा भएको सामूहिक बलात्कारको घटनामा पांच जना स्थानीय लजमा भएको महिला बलात्कारमा एक जना पक्राउ परी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। किस्पागं गाउंपालिका ५  सुकुटे खोलास्थित एक गोठमा नुवाकोटकै १५ वर्षीया  (राममाया कुमारी) नाम परिवर्तितलाई वैशाख ३ गते वेलुकी सामूहिक बलात्कारमा संलग्न  भएको किटानी उजुरीसहित किस्पाङ गापा ५ का  १९ वर्षीय निर्मल तामाङ, सोही स्थानका २० वर्षीय अमृत तामाङ, सोही स्थान घर भएका अन्य  १७ वर्षीय ३ जना किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

उनका अनुसार निर्मल तामाङले पीडितलाई सुकुटे पुलमा भेट्न बोलाएकोपछि तामाङलाई भेट्न गएको बेलामा  निर्मल तथा उनका ४ जना साथी सहित ५ जना मिलेर जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको  हो। उनीहरुलाई पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट ५ पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी खड्काले बताए। 

यसैबीच जबरजस्ती करणीको घटनामा संलग्न अर्का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिदुर नगरपालिका-१ स्थित एक होटेल लजमा चैत ३० गते रसुवाको गोसाइकुण्ड ५ स्याफ्रुबेसीका २८ वर्षीय ग्याल्सन तामाङलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ। 

रसुवाकै २६ वर्षीया फुलमाया (परिवर्तित नाम)ले दिएको किटानी उजुरीका आधारमा पक्राउ गरिएको डीएसपी खड्काले बताए। गत चैत २७ गते पीडित महिला आफ्नो घरबाट कालिकास्थान (रसुवा) जाने क्रममा मोटरसाइकलमा सवार युवकसँग लिफ्ट मागी नुवाकोटतर्फ गएकोमा युवकले महिलासँग मोबाइल नम्बर माग्नुका साथै उनको बालबच्चालाई वदेशका विभिन्न विद्यालयमा निःशुल्क छात्रवृत्तिमा पढाउन पठाई सहयोग गर्ने प्रलोभन देखाएर बलात्कार गरेको नुवाकोट प्रहरीले जनाएको छ। 

यसअघि महिलालाई बालबालिकाहरूको फोटो लिई आउन भनेकोमा चैत ३० गते स्थानीय होटेलमा बोलाई जबरजस्ती करणी गरी फरार रहेको विषयमा किटानी उजुरी परेपछि युवकलाई हुलियाको आधारमा खोजतलाश गर्ने क्रममा बिदुर नगरपालिका १० स्थित बेत्रावतिबाट सोमबार पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालत नुवाकोटमा पेस गरी म्याद थप गरी आवश्यकक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.