इलाममा ५० हजार किलो चिया नष्ट
इलाम : भारतमा बिक्री गर्न लागेको चिया गुणस्तरहीन भएको भन्दै इलामको सूर्योदय नगरपालिकाले नगरकै एक कारखानाको करिब ५० हजार किलो चिया नष्ट गरिदिएको छ।
सूर्योदय नगरपालिका-४ अन्तुको समालभ्याली चिया कारखानाको चिया गुणस्तरहीन भएको भन्दै बुधबार नष्ट गरेको हो।
कारखानाले चियाको सिन्का मात्रै भारतमा बिक्री गर्ने तयारी गरेकाले नष्ट गरेको चिया सम्बन्धी समस्या समाधान समिति संयोजक तथा वडा १० का अध्यक्ष पेमाउगेन लामाले बताए।
गुणस्तरीय चिया उत्पादन गरी नेपाली ब्रान्डको प्रचार गर्न प्रयास गरिरहेको नगरपालिकाले गुणस्तरहीन चिया बिक्रीका लागि तयारी गरेको थाहा पाएकाले नष्ट गरेको लामाले बताए।
नेपालको करिब ९० प्रतिशत चिया भारतमा बिक्री हुने गरेको छ। भारतले नेपालको चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !