बारामा प्रेमीको हत्या गरी फरार रोशनी श्रीमान‍्सहित भारतबाट पक्राउ

बारामा प्रेमीको हत्या गरी फरार रोशनी श्रीमान‍्सहित भारतबाट पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कलैया : बाराको विश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाउँपालिका- ५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी श्रीमती २० वर्षीया रौशनी देवी रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरूले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए । डिस (केवल) को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनीहरु फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । 

मृतक महेश र कैलाशकी श्रीमती रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहदै आएको अनुसन्धानबाट खुलेको छ । 

महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा श्रीमान कैलाश आएको र सोही समयमा विवाद भएपछि श्रीमान्-श्रीमती मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए । 

‘दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो । तर, रौशनी विवाहित भएका कारण महेशका परिवारले मानेका थिएनन्,' प्रहरी उपरीक्षक बोगटीले भने, ‘रौशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि श्रीमान् श्रीमती मिलेर हत्या गरेको देखियो ।’

घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए । भारत प्रहरीसँगको समन्वयमा पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.