खोलामा कपडा धुदै गर्दा चट्याङ लागेर आमाछोरी घाइते

खोलामा कपडा धुदै गर्दा चट्याङ लागेर आमाछोरी घाइते
सांकेतिक तस्बिर
सुन्नुहोस्

रामेछाप : शुक्रबार अपराह्न परेको चट्याङले मन्थलीमा दुई जना आमा छोरी घाइते भएका छन्। 

चट्याङ लागेर मन्थली नगरपालिका-३ कठजोर रालटारकी ४० वर्षीया सुमित्रा कार्की र उनको छोरी ९ वर्षीया अनिता कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

रणजोर खोलामा कपडा धुदै गर्दा एक्कासि चट्याङ लागेर दुवै जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए। 

घाइतेहरूलाई उपचारक‍ा लागि मन्थली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको निरीक्षक ढकालले बताए।

घाइतेको अवस्था सामान्य रहेको पनि ढकालले जानकारी दिए। यस्तै चट्याङकै कारण जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका-१ फलाटे बस्ने तुला बहादुर तामाङको  गोठमा बाँधी राखेका १५ वटा बाख्रा मरेको पनि निरीक्षक ढकालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.