आर्थिक समस्या समाधानमा निजी क्षेत्र गम्भीरः अध्यक्ष ढकाल

आर्थिक समस्या समाधानमा निजी क्षेत्र गम्भीरः अध्यक्ष ढकाल

नुवाकोट : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको विद्यमान आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र सक्रिय रहेको बताएका छन्। 

सरकारसँग मिलेर निजी क्षेत्रले देशको गम्भीर अवस्थाको समाधानका लागि साझेदारी गर्न तयार रहेको उनको उनको भनाइ थियो। 

नुवाकोटको विदुरमा नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै  अध्यक्ष ढकालले देशको वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने समेत बताए। 

उनले सरकारले निजी क्षेत्रलाई विश्वास गर्नुपर्ने बताए। आर्थिक सस्याको समाधानका लागि स्थिर सरकार आवश्यक रहेको अध्यक्ष ढकालले बताए। 'हामीले सरकार र राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.