चितवन २ उपनिर्वाचन : ४० प्रतिशत मत खस्यो

चितवन २ उपनिर्वाचन : ४० प्रतिशत मत खस्यो

चितवन : निर्वाचन क्षेत्र नम्बर- २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत  मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए।

आइतबार बिहानबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ। यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका  छन्। 

चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवन - २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुन: मतदान हुन लागेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.